मेलम्ची परियोजना : तीन पूर्वसचिव र अध्यागमनका प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Share Icon

काठमाडौं । अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार मुद्दा दायर गरिएका पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुर छन् । तीनै जना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन् ।

त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १८ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ । तामाङ अध्यागमन विभागका प्रमुख हुन् ।

शर्मा यसअघि नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचारमा मुछिएका व्यक्ति हुन् । पेमेन्ट गेटवे खरिदमा झुटा विवरण राखी अन्तर्राष्ट्रिय आशयपत्र माग गर्दा टिप्पणीमार्फत विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालिन सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष शर्माबाट स्वीकृत गरी प्रचलित कानूनबमोजिम गर्नुपर्ने अन्य अनिवार्य कार्य जस्तोः खरिदपूर्व अध्ययन, सरोकारावालहरूको पहिचान, लागत अनुमान स्वीकृत, गुरुयोजना तयार, कानूनी आधार तयार, नेसनल पेमेन्ट गेटवे प्रणालीसँग अन्तरआबद्ध गर्न आवश्यक पूर्वाधार, बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय नगरी लापरबाही तथा बदनियत राखी काम गरी सरकारलाई आर्थिक क्षति पु¥याएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।

त्यस्तै मेलम्ची खानेपानी आयोजना विकास समितिका तत्कालीन कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेल, समितिका तत्कालीन लेखा उपसचिव मणिभन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल, लेखा अधिकृत रामचन्द्र न्यौपाने, निर्माणस्थलका इन्जिनियर तत्कालीन उपकार्यकारी निर्देशक भोजबिक्रम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

परामर्शदाता एप्टिसा- बेट्स जेभीका तत्कालीन डेपुटी टिम लिडर शिवकुमार शर्मा, निर्माण व्यवसायी एप्टिसा र बेट्स कन्सल्टिङ जेभी र अर्को निर्माण व्यवसायी सीएमसी डि रविनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.