समग्र वडालाई समेट्दै निरन्तर काम गरिरहेको छौ, : अध्यक्ष अधिकारी
५ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुधन अधिकारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
पछिल्लो समय कास्की जिल्ला स्थित माछापुच्छ्रे गाउँपालिका वडा नं.४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनु भएको छ ।
माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मधुसुधन अधिकारीले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयोे ।
।
वडा अध्यक्ष अधिकारी भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
उहाँले भन्नुभयो, ” पुर्व अध्यक्षको कार्यकालको आधा अधुरा कामहरु सम्पन्न गर्दै कतिपय नँया योजनाहरु सम्पन्न गरिसकेको र बाकी योजनाहरु सुचारु गर्ने योजनामा रहेको छ । ”
बाटो सडकको क्षेत्रमा स्तरउन्नति गर्दै नालि बाटो बनाउने काम सम्पन्न गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो । त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा बनाउनको लागि बृहत रुपमा काम भईरहेको उहाँले प्रष्ट पार्नुभयो ।
कृषिको क्षेत्रमा कृषिजन्य उत्पादन बढाउनको लागि सिचाईको लागि कुलो निमार्ण गर्ने, पशुपालन गर्ने कृषकलाई भकारो सुधार कार्यक्रमको तालिम दिने, घास काट्ने मेसिन वितरण गरेको , तरकारी खेति गर्नेलाई टनेलको वितरण गरेको , रासायनिक मलहरु वितरण गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य चौकी मर्मत सम्भार गरे साथसाथै सुत्केरी हुने कक्षको मर्मत सम्भार गरेको र स्वास्थ्य सिविर सञ्चालन गरेर टोल टोलमा गएर औषधि वितरण गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर सुधार गर्नको लागि वडामा रहेको विद्यालयको भौतिक संरचना लागि आवश्यक सामाग्री वितरण गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो , ” लक्षित वर्ग जेष्ठ नागरिक तथा अपांगहरुको स्वास्थ्य परिक्षण गरेको र औषधिहरु वितरण गरिएको छ । बालबालिका सम्बन्धि बाल अधिकार कार्यक्रमहरु सञ्चालन गर्ने र महिलाहरुको लागि सिपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने योजनामा रहेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो । ”
उहाँ पहिले समाज सेवा गरेर अहिले वडा अध्यक्ष भएर वडाबासीहरुको हक हितको लागि अहोरात्र खटिरहनुभएको छ ।
वडाको चौतर्फी विकास गर्नको लागि सदैब लागि परिरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर काम अगाडि बढाईरहेको छ । ”
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







