वडामा शिक्षालाई पहिलाे प्राथमिकता दिएर काम गरिरहेका छाैँ : वडा अध्यक्ष कुर्मि

काठमाडाैं । मधेश प्रदेश बाराको कलैया उप-महानगरपालिका १९ काे अहिले विकासले मुहार फेरिएको छ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हरिन्द्र राउत कुर्मि।
विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँ लागिरहेका छन् । यसअघिको कार्यकालमा भएकाे विकास निर्माणका बाँकी कार्यहरूलाई पनि वडा अध्यक्ष कुर्मिले निरन्तरता दिइरहनु भएकाे छ ।
पहिलेका आधा, अधुरा रहेका विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे वडा अध्यक्ष कुर्मिले बताउनु भयाे ।
वडा अध्यक्ष कुर्मिले वडा खबरसँग कुरा गर्दै उहाँले अहिले निर्वाचित भएको ११ महिनामा वडाभित्र शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरू प्राथमिकताका साथ अगाडि बढाइएकाे बताउनु भयाे ।
उहाँले वडामा शिक्षालाई पहिलाे प्राथमिकता दिएर कार्ययाेजना बनाइएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘शिक्षा हामी सबैकाे लागि नभइ नुहुने ज्ञान हाे, त्यसैले अन्य क्षेत्रभन्दा शिक्षालाई बढी प्राथमिकता दिएका छाैँ।’
वडा अध्यक्ष कुर्मिले सिचाइकाे लागि जल उपभाेक्ता समिति गठन गरिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, जल उभाेक्ताबाट एक कराेडकाे बजेट आएकाे छ, याे केही हप्तामै लागु हुनेछ।’
उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।
उहाले भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’
उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर १९ का स्थानीय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १९ का वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।