दुर्गमका स्थानियलाई सुगमकाे अनुभुति दिलाउन अहाेरात्र लागी परेकाे छु : वडा अध्यक्ष बुढा

Share Icon

२ जेठ ,काठमाडाैं ।    लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्।

पुथा उत्तरगङ्गा गाउँपालिकामा कुल १४ वडा रहेका छन् । २०७९ सालको स्थानिय तहको निर्वाचनमा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर १० मा निर्वाचित वडा अध्यक्ष भरत बुढा हुनुहुन्छ ।

वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले व्यवसायमा आबद्ध रहनुभएका भरत बुढा २०५४ सालदेखि नै समाज सेवामा आबद्ध हुनुहुन्थ्यो ।

२०५४ सालमा विभिन्न कारणले गर्दा काठमाडौं विस्थापित हुनुभएका भरत बुढा व्यवसायिक भएर काठमाडौमा जिवन निर्वाह गरेर बसिरहनुभएको थियो ।

बिचबिचमा गाउँमा आउने जाने क्रम भने बुढाको निरन्तर नै थियो । स्थानियसंग जोडियर स्थानियका समस्याका समाधान गरिरहनुभएको थियो । २०७४ सालको स्थानिय तहको चुनावमा आफ्नो वडामा आएर सहयोग गर्नुभएको थियो । उहाँलाई काठमाडाैं बसिरहन मन भएन

स्थानिय तहमा निरन्तर स्थानिय संग जोडियर रहनुभएको थियो । स्थानिय तह २०७९ चुनावमा मन र मत दुवै पाएर निर्वाचित वडा अध्यक्ष बुढा अहोरात्र वडामा खटिरहनुभएको छ ।

शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राखेर वडाको गतिबिधि गर्दै गरेको वडा अध्यक्ष बुढाले जानकारी दिनुभयो । ३० लाख मात्र वडाको वजेट रहेको यतिले वडामा समग्र वडाका गतिबिधि गर्न सहज नभएको वडा अध्यक्ष बुढाले उल्लेख गर्नुभयो ।

वडा अध्यक्ष बुढाले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।’

चालु आर्थिक वर्षमा बजेटबाट ९५ प्रतिशत काम गरेर सकेको बाकी काम चाडै सक्ने तयारीमा रहेको वडा अध्यक्ष कार्कीले उल्लेख गर्नुभयो ।

तर पनि निरन्तर व्यत्तिगत पहलबाट पनि गतिबिधि वडाका समेटिरहेको वडा अध्यक्ष बढाले बताउनुभयो ।वडा अध्यक्ष बुढाले भन्नुभयाे,  ‘सुगममा बस्न भन्दा  पनि आफ्नो जन्मभुमी तथा स्थानिय बासीको सेवा गर्नपाएकोमा गर्भको महसुस हुन्छ ।  निरन्तर रुपमा लागी रहन पाएको छु साथै तपाई संग कुरा गरिरहदा पनि म अनुगमनमा छु ।’

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १० का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १० वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.