अर्थमन्त्री महत भन्छन -अयोग्य लडाकूलाई पैसा बाँड्ने विषय थाहा छैन

Share Icon

काठमाडाैं । शरण महतले अयोग्य लडाकूलाई पैसा बाँड्ने विषय आफू जानकार नै नभएको बताएका छन्। उनले पैसा बाड्नु गलत भएको तर्क पनि दिएका छन्।

राष्ट्रिय युवा संघ, नेपालले मंगलबार अर्थमन्त्रीको ध्यानाकर्षणसहित सात बुँदे ज्ञापनपत्र बुझाएपछि उनले यस्तो बताएका हुन्।

ुसरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार, अनियमिता, घोटला, राज्य कोष जथाभावी बाड्ने र व्यक्ति पोसित काम म बाट हुँदैन र हुन दिइँदैन। म यस्तो काम गर्दै गर्दिनु उनले भने।

अयोग्य लडाकूलाई पैसा बाड्ने भन्ने विषय आफूले सञ्चारमाध्यमबाट सुनेको उनको भनाइ छ।

ुअयोग्य लडाकूहरूको विषय धेरै अगाडिदेखि अदालतमा पुगेको हो, त्यसबाट पनि निर्णय भएर आएको छ। यसभन्दा अगाडिको बजेटमा पनि त्यो व्यवस्था गरिएको छ। म त्यसबेला अर्थमन्त्री थिइन।ु मन्त्री डा। महतले भने।

ुयो विषयलाई अगाडि बढाउने भन्ने सन्दर्भ सञ्चारमाध्यममा आएको छ। म अर्थमन्त्री भएपछि यो निर्णय भएको होइन। यो विषय अगाडि बढेको बारे मलाई जानकारी थिएन। कार्यविधि पास गरेर अगाडि बढाउने विषयमा मलाई जानकारी छैन।ु उनले भने।

उनले आफू मन्त्री भएपछि यस्तो निर्णय नगरेको बताएका छन्। ुकार्यविधि बनाउने र बजेटको व्यवस्था गर्ने जिम्मेवारी गृहमन्त्रालयको हो कार्यविधि बनाउनुपर्छ भन्ने विषय आएको थियो अरे र बन्यो अरे भन्ने मैले पनि सुनेको हुँ ।ु उनले भने।

लडाकूलाई पैसा दिने विषयमा अर्थ मन्त्रालयको संलगता नै नभएको उनको भनाइ छ। ुम स्पष्ट भन्न चाहन्छु, लडाकूलाई पैसा दिने विषयमा अर्थमन्त्रालय र म संलग्न छैन।

उनले द्वन्द्वसँग जोडिएका विषय सत्य निरुपण आयोगबाट सम्बोधन गरिनु पर्ने बताएका छन्।

म नेपाली कांग्रेस पार्टीको प्रवक्ता पनि हुँ म। पार्टी र मेरो व्यक्तिगत राय–सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन पनि गर्नुपर्छ। जति पनि द्वन्द्वसँग जोडिएका विषय छन्, यी सबै सत्य निरुपण आयोगबाट भयो भने सबैभन्दा उत्तम हुन्छ।ु

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.