Share Icon

२२ फागुन, राजापुर । राजापुर वडा नम्बर ४ का वडा अध्यक्ष विदुर पाेखरेलले फागुन पूर्णिमा (होली) को अवसरमा सम्पूर्ण वडावासी, दिदीबहिनी, दाजुभाइ तथा आमाबुवामा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय कामनासहित होलीको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत हाेलीमा खेलिने विविभ रङहरू जस्तै नेपाली समाजमा पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेकाे उल्लेख गर्दै यही विविधता बीचकाे एकता नै नेपाली पहिचान बनेकाे बताउनु भएकाे छ ।

असत्यमाथि सत्यको जीतको प्रतिकको रुपमा मनाउने पावन पर्व हाेली शान्त, सभ्य तथा मर्यादित ढंगले मनाउन समेत वडा अध्यक्ष पाेखरेलले वडावासीलाई आग्रह गर्नुभयाे ।

उहाँल अरुको स्वतन्त्रताप्रति सम्मान गर्दै मादक पर्दाथको सेवन नगरी मर्यादित ढंगले होली मनाउन पनि वडावासीलाई आग्रह गर्नुभयाे । साथै उहाँले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गर्नुभयाे ।

सामाजिक सद्भभाव तथा प्रेम प्रवर्द्धनको प्रतिकको रुपमा मनाइने रंग र अविरहरूको महापर्व होलीको शुभ अवसरमा सम्पूर्ण वडावासी, दिदीबहिनी,दाजुभाइ तथा आमाबुवामा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय कामनासहित होलीको शुभकामना उहाँले पुन: व्यक्त गर्नुभयाे ।

फाल्गुन शुल्क पूर्णिमाकाे दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसकाे भाेलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फाल्गुन पूर्णिमा मनाइन्छ ।

Facebook Comments Box

Share Icon