Share Icon

२२ फागुन, बर्दिया । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड बर्दिया शाखाले गुलरियमा २ दिने नि:शुल्क स्याम्पुतथा ह्याण्डवासकाे तालिम आयाेजना गरेकाे छ ।

शाखा प्रमुख बिरेन्द्र चौधरीकाे सभापतित्वमा भएकाे तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एरिया म्यानेजर राजेश भण्डरीले संस्थाले विगतदेखि विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आइरहेको बताउनु भयाे ।

उहाँले यस्ता तालिम आगामी दिनमा पनि संस्थाले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

त्यस्तै शाखा प्रमुख चाैधरीले बर्दिया शाखाले ३३ जनालाई २ दिने नि:शुल्क स्याम्पु तथा ह्याण्डवासकाे सीप मुलक तालिम प्रदान गरेको बताउनु भयाे ।

उहाँले आगामी दिनमा सांस्थका सदस्यहरुको मागअनुसार निःशुल्क सीप मुलक तालिम आयाेजना गरिने जानकारी दिनुभयाे ।

उद्घाटन कार्यक्रमकाे सञ्चालन कर्मचारी नेत्र प्रसाद ओझाले गर्नुभएकाे थियाे भने तालिममा प्रशिक्षण कल्याणी खरेल दिनुभएकाे थियाे ।

संस्थाले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामीदिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य रहेको जनाएको छ ।

Facebook Comments Box

Share Icon