यौनजन्य कार्यका लागि ‘केटीहरु मिलाईदिने’ भन्दै हैरानी दिने ६ जना पक्राउ

Share Icon

२४ पाैष, काठमाडौं । डान्सबारमा छिराइदिने र ‘केटी मिलाइदिने’ भन्दै ठमेल क्षेत्रमा सर्वसाधारणलाई हैरानी दिएकाे आरोपमा ६ जना पक्राउ परेका छन् ।

उनीहरुले रातिको समयमा ठमेल क्षेत्रका डान्सबार तथा क्लबहरुमा छिराइदिने र यौनजन्य कार्यकालागि ‘केटीहरु मिलाइदिने’ भन्दै हैरानी दिएकाे गुनासो आएपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धादिङको निलकण्ठ नगरपालिका–२ का २४ वर्षीय नारायण कार्की, नुवाकोटको शिवपुरी गाउँपालिका–८ का २२ वर्षीय विशेष थापा, नुवाकोटकै पन्चकन्या गाउँपालिका–४ का ३१ वर्षीय दिपेश तामाङ, ललितपुरको गोदावरी नगरपालिका–६ का २२ वर्षीय कृष्ण तामाङ, सिन्धुलीको दुधौली नगरपालिका–१० का २८ वर्षीय अर्जुन कटुवाल र बैतडीको पुरचौडी नगरपालिका–७ का २५ वर्षीय यज्ञराज जोशी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले रातिको समयमा ठमेल क्षेत्रका डान्सबार तथा क्लबहरुमा छिराइदिने र यौनजन्य कार्यकालागि ‘केटीहरु मिलाईदिने’ भन्दै सर्वसाधरणलाई हैरानी दिने गरी क्रियाकलापहरु गरकाे पाइएकाे छ ।

पक्राउ परकोहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेबाट अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरिएको बताइएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.