तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै अध्यक्ष नेपाल
♣ध्रुब कार्की
१६ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोटमा जिल्लामा स्थित विदुर नगरपालिका काठमाण्डौं उपत्यका देखि उत्तर पश्चीम ६९ कि.मि. दुरीमा अवस्थित रहेको छ ।
विदुर नगरपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३⁄११⁄२७ बाट संचालनमा आएको हो ।
१३ वडामा विभाजित विदुर नगरपालिका साविक विदुर नगरपालिका, चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर गा.वि.स.का सम्पूर्ण भाग र साविक खड्गभन्ज्याङ्ग गा.वि.स.को ४ देखि ९ नं. वडा मिलेर गठन भएको छ ।
विदुर नगरपालिका स्थित १० नम्बर वडामा गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा गणेश कुमार नेपाल पुनः निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुहुन्थ्यो ।
उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ ।
उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
वडा अध्यक्ष नेपालले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष नेपालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर १० का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”
उहाँले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु वडामा प्रदेश र सघंको कामहरु गरीरहेका छौँ ।”
अध्यक्ष नेपालले भन्नुभयो, “हामीले वडामा रहेका सडक तथा नदिनालाहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई स्तर उन्नती गर्ने काम सँगै खोलानालामा तटबन्धन गर्ने काम सम्पन्न गरेका छौँ ।”
वडामा सडकलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष नेपालले भन्नुभयो, “हाम्रो वडामा शिक्षा, स्वास्थ्य, कृषि लगाएत अन्य क्षेत्रहरुको लागि नगरपाकिाले नै काम तथा कार्यक्रमहरु गर्नै गरेको छ, भने हामी उक्त कामहरुलाई अनुगमन गर्दै विकासका काममा हामी लागी परीरहेका छौँ ।”
निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।
वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको वडा अध्यक्ष नेपालले स्पष्ट पार्नुभयो ।
उहाँ अघिल्लो कार्यकालमा पनि अध्यक्ष पदमा निर्वाचीत भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष नेपाल भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा रहेका गरीब तथा विपन्न वर्गका जिवन स्तर उकास्दै आर्य आर्जनका कार्यक्रमहरु गर्दै आफ्नो वडालाई अघि बढाउने लक्ष्य लिएको छु ।”
१० नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगाएत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर १० का अध्यक्ष नेपालले बताउनुभयो
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर १० प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १० वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।