दोहोरो अङ्कले घट्यो नेप्से

Share Icon

१८ फागुन,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ सय ६९ दशमलव शुन्य दुईमा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८१ अङ्कले घटेर तीन सय ७३ दशमलव ५६ मा पुगेको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कूल कारोबार भएका कम्पनीमध्ये १९ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ९४ कम्पनीको शेयर मूल्य भने घटेको छ ।

साथै तीन वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । विभिन्न कम्पनीका कूल ३६ लाख ५७ हजार एक सय ५४ कित्ता शेयर रू एक अर्ब ३३ करोड ६३ लाख ३३ हजार नौ सय ६४ मूल्यमा खरिद बिक्री भए ।

आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ४४ अर्ब ९२ करोड ४४ लाख २६ हजार चार सय ४७ बराबर छ ।कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रू आठ करोड १२ लाख ८६ हजार आठ सय ५४ बराबरको शेयर कारोबार भयो ।

यस्तै शिवम् सिमेन्ट रु छ करोड तीन लाख पाँच हजार दुई सय ६३, एनआइसी एशिया बैंक रु चार करोड ३७ लाख २९ हजार छ सय ४९, नबिल बैंक रु तीन करोड ८५ लाख ६१ हजार चार सय ९४, नेपाल पुनरबीमा कम्पनी रु दुई करोड ५१ लाख ६९ हजार तीन सय बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर चार दशमलव २९, यसनिक नेपाल लघुवित्त चार दशमलव शुन्य दुई, बोटलर्स नेपाल तराई तीन दशमलव ९१, लक्ष्मी उन्नती कोष तीन दशमलव ७८, सामलिङ पावर कम्पनीको शेयर मूल्य तीन दशमलव ६४ प्रतिशतले बढेको छ ।

ग्लोबल आइएमई लघुवित्त सात, स्वाभिमान लघुवित्त पाँच दशमलव ८०, नाडेप लघुवित्त पाँच दशमलव ७४,सिटिजन म्युचुअल फण्ड पाँच दशमलव ६३ र सनराइज ब्ल्यूचिप फण्डको मूल्य पाँच प्रतिशतले घटेको छ ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.