फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाँदै राष्ट्रपति पौडेल

Share Icon

१७कात्तिक, काठमाडाैँ ।  राष्ट्रपति रामचन्द्र पौडेल तीन देशको भ्रमणमा जाने भएका छन्।

राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने भएका हुन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको तीन देशको भ्रमण कार्यक्रमलाई स्वीकृत गरिसकेको छ।

सुरूमा राष्ट्रपति पौडेल फ्रान्सको पेरिस जानेछन्। पेरिस पिस फोरममा राष्ट्रपति पौडेल सहभागी हुनेछन्। त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्ने कार्यक्रम छ।

राष्ट्रपति पौडेल कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मंसिर १ गते स्वदेश फर्कने कार्यक्रम छ।
Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.