Share Icon

५ जेठ ,काठमाडौं ।  यही जेठ ४ गते गोले तामाङ वंश उत्थान समाजको सातौँ राष्ट्रिय भेला तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

वार्षिक रूपमा जेठ ४ गते राष्ट्रिय भेला गर्दै आएको समाजले मिनप्रसाद गोले (सुनसरी)को अध्यक्षतामा ९१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

जसअनुसार सह-अध्यक्षमा हर्कबहादुर गोले (सिन्धुपाल्चोक), उपाध्यक्ष महिलाबाट सीता गोले (काठमाडौं), सुजेन्द्र गोले (सुनसरी), शुभरत्न गोले (मकवानपुर), मीन गोले (नवलपरासी) र राजु गोले (बाँके) रहेका छन् ।

महासचिवमा धनबहादुर गोले (काठमाडौं), उप(महासचिवमा शुभराज गोले (मकवानपुर) र पेम्बा गोले (काठमाडौं), सचिवमा रवीन्द्र गोले (नुवाकोट) र बाबुराम गोले (सिन्धुपाल्चोक) एवंरीतले कोषाध्यक्षमा किर्तिमाया गोले (सिन्धुपाल्चोक), सह-कोषाध्यक्षमा आकाश गोले (मकवानपुर) रहनुभएको छ । यस्तैगरी केन्द्रीय सदस्यहरूमा टेकबहादुर गोले (इलाम), वीरबहादुर गोले (पाँचथर) र रामबहादुर गोले (सर्लाही) समेत रहनुभएको छ ।

बौद्ध, काठमाडौंमा आयोजित कार्यको पहिलो सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष जयप्रसाद गोलेले गर्नुभएको थियो । प्रमुखअतिथि पूर्वमन्त्री मणि लामा गोले रहनुभएको कार्यक्रममा पूर्वमन्त्री दावा गोले, प्रदेश-३ की पूर्व सभासद् हिमाली गोले, नेपाल तामाङ घेदुङको अध्यक्ष मोहन गोले साथै मेजर दलमान गोले लगायतका अतिथिहरू रहनुभएको थियो ।

बोम्बो नारायण गोले र चञ्चकुमार तामाङद्वारा सुङसेरकेम गरी उद्घाटन गरिएको कार्यक्रममा छ्योर्तेन टासी तामाङ गुम्बा नयाँबस्तीका लामा फुर्ब तामाङ र आले तामाङद्वारा टसीगेप पाठ गरिएको थियो ।

बोम्बो र लामाद्वारा सुङसेरकेमत तथा टसीगेप पाठ गरिएपछि बल्ल प्रमुखअतिथि मणि लामा गोलेले म्हर्मे ९दीप० प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा महासचिव धनबहादुर गोलेले प्रगति(प्रतिवेदन साथै कोषाध्यक्षको तर्फबाट शुभराज गोले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएपछि हाउसबाट सर्वसम्मतिमा पास गरिएको थियो ।

प्रमुखअतिथि मणि लामा गोलेले शुभकामना मन्तव्य राख्नुहुँदै नेपालमा तामाङ राष्ट्रमाथि हिन्दूराज्यसत्ताले व्यापक दमन तथा विभेद गर्दै आएको भन्नुहुँदै लामो फेहरिस्त समेत राख्नुभयो ।

पूर्वमन्त्री दावा गोले तथा पूर्वसभासद् हिमाली गोलेले आफ्नो पुर्खाको इतिहास खोज्नुपर्ने साथै यसको लागि समाजले गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो ।

नेपाल तामाङ घेदुङको अध्यक्ष मोहन गोलेले आफू पूर्णतः पहिचानको पक्षमा लागिपरेको साथै ताम्सालिङको लागि गोले ह्रुइको सन्तानले नेतृत्व गर्नुपर्ने समय आएको बताउनुभयो ।

शुभकामना मन्तव्यकै क्रममा बलेफी गाउँपालिको अध्यक्ष गङ्गाबहादुर गोलेले आउँदो राष्ट्रिय भेला सिन्धुपाल्चोकको धुसकोटमा गर्नुपर्ने र त्यसको लागि आफ्नो गाउँपालिकाको तर्फबाट आवश्यक व्यवस्थापनको लागि प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ ।

गोलेले धुसकोटलाई पौराणिक तामाङ गाउँको रूपमा विकास गर्न लागिएको समेत बताउनुभएको छ । मोरङमा गोले सांस्कृतिक भवनको लागि पहल गर्नुपर्ने साथै त्यहाँ गोलेको लदिम वा लखङको लागि योजना बनाउने क्रम जारी रहेको लङ्कबहादुर गोलेले बताउनुभएको छ ।

कार्यक्रममा पाँचपोखरी-थाङ्पाल, ५ को वडाध्यक्ष काले गोलेले समाजद्वारा अक्षय कोष खडा गरी गोले विद्यार्थीका लागि छात्र(छात्रावृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।

त्यस्तैगरी सूर्यगढी लच्याङका वडा सदस्य तथा गोले तामाङ बंश उत्थान समाजको हिजो सप्पन्न भेला बाट सर्बसम्मत रूपमा गरिमामय सचिब पदमा निर्बाचित रवीन्द्र गोलेले आफूहरूका भूमि खोसेर राज्यसत्ताले दास बनाउने क्रम जारी रहेको बनाउनुभएको छ ।

लच्याङमा गोले तामाङ राजा रहेको र पृथ्वीनारायण शाहले छलपूर्वक हत्या गरी यस क्षेत्रको भूमि तामाङबाट खोसेर भैरवी गुठीमा राखेका छन त्यसै माथी पनि उल्टै बर्सेनि भैरबिको रथ बोक्न , जबर्जस्त लादिएको कारण आजै पनि लच्याङका सोझा तामाङ समुदाय दासत्व जीवन बिताईरहेको कुराले अत्यन्तै दुखीत रहेको बताउनु भयो।

यहाँका किपट भुमिमा आफ्नो जग्गा जमिनको स्वामित्व समेत गुमाएर रैती र दासी बनाएको भनी दुख ब्यक्त गर्नु भएको थियो।साथै उक्त गोले राजा दरबार क्षेत्रको संरक्षन गर्न ऐतिहासिक पहिचानको रक्षा गर्न र पर्यटकिय क्षेत्रको रुपमा बिकसित गराउन सबैलाई अनुरोध गर्नु भएको छ। अहिले लोकतन्त्र र गणतन्त्रको कुरा गरिहेको बेलामा समेत यहाँका भूमिपुत्रहरूले आफ्नो जमीन फिर्ता पाएका छैनन् ।

राष्ट्रिय भेला तथा नयाँ कार्यसमितिलाई अतिथिहरूले शुभकामना दिनुभएको कार्यक्रममा बैरागी च्यङ्बा गोले, अभिषेक वाइबा, सन्तोष गोले साथै प्रितम गोलेले साङ्गीतिक प्रस्तुतिहरु पस्कनुभएको थियो ।

 

 

 

 

 

Facebook Comments Box

Share Icon