विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गरिने: प्रधानमन्त्री दाहाल

Share Icon

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन्।

संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क आउनु भएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा यस्तो कुरा बताएका हुन। उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिंदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताए।

प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए। उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको बताए। प्रधानमन्त्री दाहाल आजै न्यूयोर्क आएका हुन। उनलाई संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका थिए।

प्रधानमन्त्री दाहालले आजै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेसेससँग भेटवार्ता गरेका छन।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.