Share Icon

१असाेज, काठमाडौं ।  आज (साेमबार) बिहानदेखि नै हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाइरहेका छन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ । आज (आइतबार) दर खाएर बसेका महिलाहरु सोमबार दिनभर निराहार व्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् ।

तीजमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजा-आजा गर्ने महिलाहरुको बिहानैदेखि भीड लागेको छ । यस पर्वमा व्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरू भएको पौराणिक मान्यता छ ।

विवाहिता महिलाहरूले अटल सौभाग्य तथा सन्तान प्राप्ति र अविवाहित युवतीहरूले योग्य बरको कामना गर्दै तीजमा व्रत बस्ने गर्दछन् ।

 

Facebook Comments Box

Share Icon