बीउ विजनसम्बन्धी नयाँ नियमावली छिट्टै पारित हुन्छ: मन्त्री भुसाल
१४ कार्तिक, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले बीउ विजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताउनुभएको छ । १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले बीउ विजनसम्बन्धी नियमावली छिटाे बन्नुपर्ने भएपनि बन्न नसकेकाले सरकारले बाधा अड्काउ फुकाएर नियमावली नबन्दासम्मको बाधा अड्काउ फुकाइएकोबाट नै काम गर्न सकिने बताउनुभयो । मन्त्री भुसालले नियमावली बनाउने काम सरकारको भएकाले सरकारले अहिले अर्थमन्त्रालयको सहमतिबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुर्याइएको बताउनुभयो । उहाँले बीउ विजनसम्बन्धी नयाँ नियमावली छिट्टै पारित गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले सरकार आफ्नो उत्पादनको…
