जनताका ९० प्रतिशत माग ५ वर्षमा पूरा गर्नेछुः वडा अध्यक्ष शाही
१४ कार्तिक,काठमाडौं। नेपालको कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा अवस्थित रहेको कुमाख गाउँपालिकाको स्थापना हुनु भन्दा पहिला स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस रहेका थिए। स्थानीय तह गठन हुनु भन्दा पहिला स्थानीय निकायको रुपमा स्वीकोट, कालागाउँ, मर्मपरिकाँडा, वडागाउँ र जिमाली गाविस मिली कुमाख गाउँपालिका मिति २०७३/०६/०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३/११/२७ गते नेपाल अधिराज्य भरी ७ सय ५३ वटा स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भएकाे थियाे । यसै सन्दर्भमा यस कुमाख गाउँपालिकाको क्षेत्रफल १७७.२७ वर्गकिलोमिटर मध्ये १०० वर्ग किलोमिटर बनजङगलले ढाकेको छ। साथै बस्ती ४.३३५ वर्ग किलोमिटर रहेको छ ।…
