Share Icon

१६ कार्तिक, काठमाडौं । सर्वोच्च अदालतलले व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका योगराज ढकालको मुद्दामा बिहीबार फैसला सुनाउने भएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बुधबार बहस सकिएपछि बिहीबारका लागि निसु तोकेको हो । व्यक्ति हत्याको मुद्दामा जन्मकैद ठहर भएका रिगललाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी विरुद्ध भारती शेर्पाले दायर गरेको रिटमा न्यायाधीश मनोज शर्माको इजलासले गत असोज १९ मा प्रारम्भिक सुनुवाई गर्दै पूर्ण इजलासमा निरन्तर सुनुवाई गरी मुद्दाको शीघ्र टुंगो लगाउन आदेश गरेको थियो ।

असोज २५ गते प्रधानन्यायाधीश विश्म्भर प्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा पेशी तोकी प्रारम्भिक सुनुवाईपछि हेर्न नमिल्ने भन्दै इजलास कार्तिक १४ गतेका लागि अर्को पेशी तोकेको थियो ।नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा रिगललाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

Facebook Comments Box

Share Icon