राष्ट्र संघका महासचिव गुटेरेसले आज राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेतालाई भेट्दै
१२ कार्तिक,काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार चार दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ । उहाँ प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा आइतबार बिहान १ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएकाे हाे । महासचिव गुटेरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गर्नुभएको हाे। उहाँले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहालसँग उहाँकै कार्यालयमा शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै,आइतबार नै उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि संघीय संसद भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यसैगरि उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठका साथै…
