Share Icon

७ कार्तिक,काठमाडौं। बराहपोखरी गाउँपालिका खोटाङ जिल्लाकाे सदरमुकाम दिक्तेलबाट दक्षिणी भेगमा करिब २१ कोष (६७.२ कि. मि.) को दूरीमा अवस्थित छ ।

प्रसिद्ध बराहपोखरीको नामले प्रख्यात यो गाउँपालिकाको केन्द्र बराहपोखरी तालबाट दझिणपट्टि १५ किलाेमिटरको दूरीमा रहेको बाघखोर भञ्ज्याङमा पर्दछ । साविकका गाविसहरु क्रमश: बराहपोखरी, सुन्तले, साउनेचउर, फाक्टाङ, पौवासेरा र मौवाबोटे गरी ६ वटा वडामा फैलिएको यस गाउँपालिकाको क्षेत्रफल १४१.६ वर्ग किलाेमिटर रहेको छ ।

यस गाउँपालिकाको पूर्वमा जन्तेढुङ्गा गाउँपालिका, उत्तरमा खोटेहाङ गाउँपालिका र पश्चिम-दक्षिणमा सुनकोशी नदिले उदयपुर जिल्लासँग छुट्ट्याएको छ । प्राय: जनजाति राई, मगर, क्षेत्री, ब्राह्मण, नेवार, तामाङ, भुजेल, बिक.परियार र नेपाली लगायत अन्य जातजातिहरुको बसोबास रहेको छ। यस गाउँपालिकाको २०७८ सालको जनगणना अनुसार ११ हजार ३ सय ९७ कूल जनसंख्या मध्ये ५ हजार ६ सय ७० (४९.७%) जना पुरुष र ५ हजार ७ सय २७ (५०.३%) जना महिलाको जनसंख्या रहेको छ ।

बराहपोखरी गाउँपालिका-४ का वडा अध्यक्ष सन्ताेष आचार्यले सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तर सुधार गर्ने याेजनामा रहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । तर विद्यार्थीकाे संख्या न्यून रहेकाे बताउँदै अभिभावकले आफ्ना छाेराछाेरीहरूलाई नियमित रूपमा  विद्यालयमा नपठाउने र  विद्यार्थीलाई फेल गर्न नपाइने जस्ता आदि कारणले गर्दा शैक्षिक गुणस्तरलाई सुधार गर्न समस्या भएकाे उहाँकाे तर्क छ। हाल शैक्षिक सुदृढीकरण कार्यक्रम संचालन गरेपछि विद्यालय सुधार भएकाे पनि उहाँले जानकारी गराउनुभयाे ।

स्वच्छ खानेपानी वडावासीकाे ६० प्रतिशत घरमा पुगिसकेकाे र अब बाँकी ४० प्रतिशत घरमा पनि पु्राउनका काम भइरहेकाे उहाँले बताउनुभएकाे छ। त्यस्तै, स्वास्थ्यकाे क्षेत्रमा तुलनात्मक रूपमा सुधार हुँदै गएकाे उहाँकाे तर्क छ। स्वास्थ्यकाे सन्दर्भमा सामान्य उपचारका लागि वडावासीलाई समस्या नभएकाे उहाँकाे तर्क छ। साथै कृषिला पहिलाे प्राथमिकता दिएकाे बताउँदै उहाँले यस वडा कृषिमा आत्मनिर्भर बनाउनुपर्छ भन्ने अभियानमा रहेकाे बताउनुभयाे । कृषकलाई अनुदान दिने व्यवस्था गरिएकाे पनि उहाँकाे भनाइ छ। 

 ग्रामीण विद्युत कार्यक्रम मार्फत ९२ प्रतिशत पाेल गाडिएकाे बताउँलै यसै वर्षभित्र सम्पन्न हुने उहाँकाे तर्क छ । त्यस्तै, वर्षाका कारण बिग्रिएका स्थानमा सडककाे मर्मत सम्भारकाे काम भइसकेकाे पनि उहाँले जानकारी गराउनुभयाे । हाल वडाका सडकमा सवारी संचालन भइरहेकाे उहाँकाे भनाइ छ। वर्षाकाे समयमा सडकमा सवारी साधन संचालन गर्न कठिनाइ भइरहेकाे पनि उहाँले बताउनुभयाे ।

पर्यटनकाे सम्भावना रहेकाे बताउँदै उहाँले वडामा रहेका बराहपाेखरी, ताल र मठ-मन्दिरहरूकाे संरक्षण-व्यवस्थापन गर्दै पर्यटकीय क्षेत्र बनाउने याेजना भइरहेकाे बताउनुभएकाे हाे। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ।

यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे। नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ४ लाई पालिकाले १७ लाख बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।

अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे अध्यक्ष आचार्यकाे दावी छ।

Facebook Comments Box

Share Icon