Share Icon

१० कार्तिक,काठमाडौं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

शुक्रबार बिहान देशको पहाडी भू-भागमाभने आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

शुक्रबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। त्यस्तै,  बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon