देशभरकाे माैसम आज कस्ताे रहला…

Share Icon

१० कार्तिक,काठमाडौं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

शुक्रबार बिहान देशको पहाडी भू-भागमाभने आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

शुक्रबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। त्यस्तै,  बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.