वडा खबर सम्वाददाता

3071 Posts
गाजामा बन्दीको भिडियो हमासले सार्वजनिक गर्‍यो

गाजामा बन्दीको भिडियो हमासले सार्वजनिक गर्‍यो

एजेन्सी । हमासले गाजामा बन्दीहरूको भिडियो सार्वजनिक गरेको छ । जसमा तीन जना महिला बन्दी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको हुन् । ७६ सेकेन्ड लामो भिडियोमा एक महिलाले आफ्ना नागरिकलाई सुरक्षा दिन नसकेको भन्दै इजरायल सरकारको आलोचना गरेको देखिएको छ । भिडियोमा देखिएका तीन महिलामध्ये एकले रोएको देखिएको छ । बन्धकका परिवारजन सार्वजनिक भिडियो हेरेर भावविहल बनेका छन् । हमासले सार्वजनिक गरेको भिडियोकाे बारेमा इजरायलले ’मनोवैज्ञानिक प्रोपोगाण्डा भनेको छ । इजरायलले हराएका तथा अपहरण गरिएका नागरिकलाई घर फर्काउन सबै हद पार गर्ने बताएको छ ।हमासले करिब २ सय २९ जनालाई बन्दी बनाएकोमा केहीलाई भने रिहा गरिसकेको छ ।
Read More
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्दै

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्दै

१४ कार्तिक, काठमाडौं ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसदमा सम्बोधन गर्नुहुने भएकाे छ। उहाँ आइतबार तीन दिने औपचारिक नेपाल भ्रमणका लागि आउनुभएकाे हाे । महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई  सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ । उहाँले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको निरीक्षण गर्नुभएकाे थियाे। सभामुख घिमिरेले यसअघि नै सांसदहरूलाई बैठक सुरु हुनुअघि पौने ४ बजेभित्र औपचारिक पोशाकमा संसदमा उपस्थित भइसक्न सांसदहरूलाई निर्देशन समेत दिइसक्नुभएकाे छ। उहाँले सम्बोधन गर्ने भएकाले  मंगलबार बस्ने संसद बैठकमा संवैधानिक निकायका पदाधिकारी लगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि संसदमा…
Read More
प्रतिनिधि सभाकाे बैठकमा आज दुई विधेयक पेश

प्रतिनिधि सभाकाे बैठकमा आज दुई विधेयक पेश

१२ कार्तिक,काठमाडौं। प्रतिनिधि सभाको बैठकमा आइतबार दुई वटा विधेयक पेश भएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत भएको हाे । साथै भन्सार विधेयक, २०८० प्रस्तुत भएको छ । दुवै विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएको हो । त्यस्तै, आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कार्तिक १४ गते मंगलबार अपराह्न ४ बजे सम्बोधन सम्बन्धी जानकारी संसदलाई गराउनुभयो । उहाँले महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपाचारिक पोशाकमा उपस्थित हुन सांसदहरुलाई निर्देशन समेत दिनुभयो ।
Read More
विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्नुपर्छः सांसद सुवाल

विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्नुपर्छः सांसद सुवाल

१२ कार्तिक,काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पतिको सीमांकन गर्ने र विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि नेपालीहरुको विदेशमा सम्पति भएको खबर बाहिर आएको भन्दै उहाँले नेपालीको सम्पतिको सीमांकन गर्न आवश्यक रहेको बताउनुभयो । नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने सांसद सुवालले बताउनुभयो । देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराईलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाई बिदा कटौती गर्नुपर्ने माग समेत उहाँले गर्नुभयो । प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारी समेतले स्वयंसेवी…
Read More
५ वर्षमा जनताका सतप्रतिशत मागलाई पूरा गर्नेछुः वडा अध्यक्ष ओली

५ वर्षमा जनताका सतप्रतिशत मागलाई पूरा गर्नेछुः वडा अध्यक्ष ओली

१२ कार्तिक,काठमाडौं। दार्मा गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत साविकका  ढाकाडाम, भल्चौर र दार्माकोट गाविस गरी ३ वटा गाविसलाई समावेश गरी स्थापना भएको हो । यस पालिकाको कुल क्षेत्रफल  ८१.४६ वर्ग किलो मिटरमा फैलिएको हाे । यस गाउँपालिकाको पूर्वमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका र सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ पश्चिममा सल्यान जिल्लाको कुमाख गाउँपालिका, उत्तरमा पश्चिम रुकुम र दक्षिणमा सल्यान जिल्लाको  बागचौर नगरपालिका पर्दछ । दार्मा गाउँपालिका विश्व मानचित्रमा २८° ३०ं देखि २८°५०ं उत्तरी आक्षांश र ८२° ३३' देखि ८२° ५५ंं पूर्वी देशान्तरमा रहेको छ भने समुद्री सतह देखि १०९७  देखि २४८७ मिटरसम्मको  उचाइमा अवस्थित  छ । सल्यान जिल्लाको दार्मा…
Read More
साथीको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ

साथीको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ

१२ कार्तिक,काठमाडौं। साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ। जनकपुरधाम उपमहानगरपालिका-२४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका-६ चक्कर टोल हाल जनकपुरधाम २४ बसहिया बस्ने पवन सहनी र जनकपुरधाम २४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो । यहि कार्तिक १० मा इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनकै साथीद्वय सहनी र मण्डलको संलग्नता रहेको छ । जटहीस्थित नेपाल भारत सीमा पारीबाट प्रतिबन्धित लागूऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा पछाडीबाट भाटाले प्रहार गरेपछि मृत्यु…
Read More
सुनको मूल्य हालसम्मकै उच्च, प्रतिताेला १ लाख १७ हजार

सुनको मूल्य हालसम्मकै उच्च, प्रतिताेला १ लाख १७ हजार

१२ कार्तिक,काठमाडौं। सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । छापावाल सुनको मूल्य आइतबार प्रतिताेला १ लाख १७ हजार रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे हाे । साथै तेजावी सुनको मूल्य भने आइतबार प्रतिताेला १ लाख १६ हजार ४ सय ५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार पछिल्लो १२ दिनमा ५ हजार १ सय  रुपैयाँले सुनको मूल्य बढेको छ । कार्तिक १ गतेदेखि प्रत्येक दिन जसो उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्य शुक्रबार एकै दिन तोलामा १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । कार्तिक १ गतेदेखि सुनको…
Read More
देशका हिमाली भू-भागमा आज हिमपातकाे सम्भावना

देशका हिमाली भू-भागमा आज हिमपातकाे सम्भावना

१२ कार्तिक,काठमाडौं। हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आइतबार  बिहान मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । साथै  बाँकी भू-भागमा भने  मौसम सामान्यतया सफा रहेको माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ। आइतबार दिउँसो भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आइतबार राति भने देशभर आंशिक बदलीदेखि…
Read More
अमेरिकी पूर्वउपराष्ट्रपति पेन्सद्वारा राष्ट्रपतीय निर्वाचनका लागि दिएकाे उम्मेदवारी फिर्ता 

अमेरिकी पूर्वउपराष्ट्रपति पेन्सद्वारा राष्ट्रपतीय निर्वाचनका लागि दिएकाे उम्मेदवारी फिर्ता 

एजेन्सी । अमेरिकी पूर्वउपराष्ट्रपति माइक पेन्स आगामी सन् २०२४ को राष्ट्रपतीय निर्वाचनबाट पछि हट्नुभएकाे छ। पेन्स आगामी राष्ट्रपतीय निर्वाचनको दौडबाट बाहिरिनुभएकाे हाे । शनिबार लस भेगासमा रिपब्लिकन यहुदी धार्मिक मोर्चाको कार्यक्रममा पेन्सले आगामी २०२४ को राष्ट्रप्रतीय निर्वाचनको प्रतिस्पर्धाबाट पछि हटेको घोषणा गर्नुभएकाे हाे।पेन्सले यतिखेर आफ्ना लागि उपयुक्त समय नरहेको जिकिर गर्दै उम्मेदवारी घोषणा फिर्ता गर्नुभएकाे हाे । यो एक गम्भीर युद्ध हुने थाहा भए पनि यतिखेर आफूलाई कुनै पछुतो नरहेको पनि उहाँकाे भनाइ छ। पेन्सले आफ्ना समर्थकहरूलाई सम्बोधन गरेको विज्ञप्तिमा आफूले यो अभियान छाडेपनि परम्परागत मूल्यमान्यताको लडाइ भने जारी नै राख्ने अठोट व्यक्त गर्नुभएकाे छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसहित आगामी नेतृत्वका…
Read More
मेक्सिकोमा आँधीका कारण २७ जनाको मृत्यु, सयाैं बेपत्ता

मेक्सिकोमा आँधीका कारण २७ जनाको मृत्यु, सयाैं बेपत्ता

एजेन्सी । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधीका कारण करिब २७ जनाको मृत्यु भएको छ। आँधीका कारण सयौं जना मानिसहरू बेपत्ता भएका हुन् ।ओटिस नाम दिइएकोे सो आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको हो । हजारौं साँस्कृतिक संरचनाहरु ध्वस्त भएका छन् घरका छाना र झ्यालहरु उडाएको छ भने सडकमा बाढी आएको छ । मेक्सिकोको बन्दरगाह शहर अकापुल्को र वरपरका स्थानमा रुख र बिजुलीका खम्बाहरु समेत ढलेका छन् ।
Read More
Page 2 of 308
1 2 3 4 … 308
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.