Share Icon

१२ कार्तिक,काठमाडौं। हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आइतबार  बिहान मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । साथै  बाँकी भू-भागमा भने  मौसम सामान्यतया सफा रहेको माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ।

आइतबार दिउँसो भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आइतबार राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon