प्रतिनिधि सभाकाे बैठकमा आज दुई विधेयक पेश

Share Icon

१२ कार्तिक,काठमाडौं। प्रतिनिधि सभाको बैठकमा आइतबार दुई वटा विधेयक पेश भएका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत भएको हाे । साथै भन्सार विधेयक, २०८० प्रस्तुत भएको छ । दुवै विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएको हो ।

त्यस्तै, आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कार्तिक १४ गते मंगलबार अपराह्न ४ बजे सम्बोधन सम्बन्धी जानकारी संसदलाई गराउनुभयो । उहाँले महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपाचारिक पोशाकमा उपस्थित हुन सांसदहरुलाई निर्देशन समेत दिनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.