धनराज गुरुङ

प्रतिनिधि सभाकाे बैठकमा आज दुई विधेयक पेश

प्रतिनिधि सभाकाे बैठकमा आज दुई विधेयक पेश

१२ कार्तिक,काठमाडौं। प्रतिनिधि सभाको बैठकमा आइतबार दुई वटा विधेयक पेश भएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत भएको हाे । साथै भन्सार विधेयक, २०८० प्रस्तुत भएको छ । दुवै विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएको हो । त्यस्तै, आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कार्तिक १४ गते मंगलबार अपराह्न ४ बजे सम्बोधन सम्बन्धी जानकारी संसदलाई गराउनुभयो । उहाँले महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपाचारिक पोशाकमा उपस्थित हुन सांसदहरुलाई निर्देशन समेत दिनुभयो ।
Read More
शिक्षकसँगको वार्ता आज निष्कर्षमा पुग्ने मन्त्री गुरूङकाे दावी

शिक्षकसँगको वार्ता आज निष्कर्षमा पुग्ने मन्त्री गुरूङकाे दावी

५ असोज, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आन्दाेलनरत  शिक्षकहरुका मागमा शुक्रबार निष्कर्षमा पुग्ने दावी गर्नुभएकाे छ ।  शुक्रबारको वार्तामा शिक्षकहरुको माग पूरा गर्नेगरी छलफल हुने र निष्कर्षमा पुग्ने  उहाँको तर्क छ। शिक्षकहरुसँगको औपचारिक वार्ता सुरु हुनुअघि गृह, शिक्षा, सन्चार र कानूनमन्त्रीहरुबीच भएको आन्तरिक छलफलमा सहभागी मन्त्री गुरुङले शिक्षक साथीहरुका मागमा हामीले बुँदागत रुपमा बिहीबारदेखि नै छलफल गरेकाे बताउनुभयाे । अब अन्तिम टुंगो लगाउने र शुक्रबार टुंगिने उहाँकाे तर्क छ । शिक्षकहरू विद्यालय बन्द गरेर बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन् ।मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग औपचारिक वार्ता सुरू हुने छ। यसअघि बिहीबार पनि २…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.