नेकपा क्रान्तिकारीका प्रवक्ता बाँस्तोला ९ दिनदेखि हिरासतमा

Share Icon

१० कार्तिक,काठमाडौं । नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बाँस्तोला ९ दिनदेखि प्रहरी हिरासतमा हुनुहुन्छ।

 प्रवक्ता बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा उहाँलाइ दाङस्थित इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा राखिएकाे हाे।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत यहि कार्तिक २ गते राति पौने १० बजेतिर राप्ती गाउँपालिका–५ सिङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको प्रवक्ता बाँस्तोलाले चलाएको स्कार्पियो गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दशैं मनाउन सुर्खेत जानेक्रममा प्रवक्ता बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिंदा राप्ती गाउँपालिका–५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.