विद्युत प्राधिकरणले केन्द्रीय कारागारको विद्युतकाे लाइन काट्याे
१४ कार्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागारसुन्धाराको विद्युतकाे लाइन काटिदिएको छ ।
लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै मंगलबार प्राधिकरणका कर्मचारीले बिजुलीको लाइन काटिदिएका हुन् । कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलका अनुसार कारागार जस्तो संवेदनशील ठाउँ बिजुली कटौती हुँदा राति कुनै घटना भए समस्या हुने स्थिति सिर्जना भएको छ ।
‘स्रोतका अनुसार, केन्द्रीय कारागारको नाममा डेढ करोड रुपैयाँ वक्यौता थियो । ‘१५ दिनजति अघि ३७ लाख रुपैयाँ तिरेका पनि थियौं, त्यो भन्दा धेरै तिर्नलाई बजेट पनि थिएन। ‘यस्तोमा प्राधिकरणले संवेदनशीलता नदेखाउँदा समस्या भएको छ ।’केन्द्रीय कारागारको सबै ब्लकमा गरेर अहिले ३५ सय भन्दा बढी कैदीबन्दी रहेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि सुनकाण्डका कैदी चुडामणि उप्रेती ‘गोरे’ पनि केन्द्रीय कारागारमै रहेका छन् ।