केन्द्रीय कारागार

विद्युत प्राधिकरणले केन्द्रीय कारागारको विद्युतकाे लाइन काट्याे

विद्युत प्राधिकरणले केन्द्रीय कारागारको विद्युतकाे लाइन काट्याे

१४ कार्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागारसुन्धाराको विद्युतकाे लाइन काटिदिएको छ । लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै मंगलबार प्राधिकरणका कर्मचारीले बिजुलीको लाइन काटिदिएका हुन् । कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलका अनुसार कारागार जस्तो संवेदनशील ठाउँ बिजुली कटौती हुँदा राति कुनै घटना भए समस्या हुने स्थिति सिर्जना भएको छ । ‘स्रोतका अनुसार, केन्द्रीय कारागारको नाममा डेढ करोड रुपैयाँ वक्यौता थियो । ‘१५ दिनजति अघि ३७ लाख रुपैयाँ तिरेका पनि थियौं, त्यो भन्दा धेरै तिर्नलाई बजेट पनि थिएन। ‘यस्तोमा प्राधिकरणले संवेदनशीलता नदेखाउँदा समस्या भएको छ ।’केन्द्रीय कारागारको सबै ब्लकमा गरेर अहिले ३५ सय भन्दा बढी कैदीबन्दी रहेका छन् ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.