बजेट अभावले विकास निर्माणका याेजना सम्पन्न गर्न कठिनः वडा अध्यक्ष खत्री
१४ कार्तिक,काठमाडौं। दार्मा गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत साविकका ढाकाडाम, भल्चौर र दार्माकोट गाविस गरी ३ वटा गाविसलाई समावेश गरी स्थापना भएको हो । यस पालिकाको कुल क्षेत्रफल ८१.४६ वर्ग किलो मिटरमा फैलिएको हाे । यस गाउँपालिकाको पूर्वमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका र सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ पश्चिममा सल्यान जिल्लाको कुमाख गाउँपालिका, उत्तरमा पश्चिम रुकुम र दक्षिणमा सल्यान जिल्लाको बागचौर नगरपालिका पर्दछ । दार्मा गाउँपालिका विश्व मानचित्रमा २८° ३०ं देखि २८°५०ं उत्तरी आक्षांश र ८२° ३३' देखि ८२° ५५ंं पूर्वी देशान्तरमा रहेको छ भने समुद्री सतह देखि १०९७ देखि २४८७ मिटरसम्मको उचाइमा अवस्थित छ । सल्यान जिल्लाको दार्मा…
