राजापुर नगरपालिका

जंगली हात्ती बाट स्थानीय किसान पीडित

जंगली हात्ती बाट स्थानीय किसान पीडित

♦ सागर परियार २६ माघ, काठमाडाैं ।   बर्दियाको राजापुरमा जङ्गली हात्तिको आत्तक बाट स्थानीय बासि त्रसित भएका छन । राजापुर नगरपालिका वडा न ७ र ९ र १० मा दिनहँ जङ्गलबाट आउने हात्तिको समुहले स्थानिय किसानको खेतमा लगाएको अन्नबालि नोक्सान गर्ने घर भत्काउने, पशुचौपाया मार्ने गर्दा स्थानिय बासि त्रसित भएका हुन । बर्दिया राजापुर नगरपालिका वडा न ७ शंकरपुरमा गै राती भारत तर्फ बाट आएको जंगली हात्तीले स्थानीय किसानहरूको गहुँ नोक्सानी गरेको स्थानीय किसान रामपाल यादवले बताउनु भएको छ । उहाँका अनुसार अाफ्नाे २ कठ्ठा को गहु र छिमेकी पुरण गोडिया को १ कठ्ठा गरि ३ कठ्ठा को गहुँ…
Read More
हात्ती आतङ्कबाट पीडित राजापुरका बासिन्दा

हात्ती आतङ्कबाट पीडित राजापुरका बासिन्दा

♥सागर परियार २६ माघ, काठमाडाैं ।  बर्दियाको राजापुरमा जङ्गली हात्तिको आत्तक बाट स्थानीय बासि त्रसित भएका छन । राजापुर नगरपालिका वडा न ७/९/१० मा दिनहँ जङ्गलबाट आउने हात्तिको समुहले स्थानिय किसानको खेतमा लगाएको अन्नबालि नोक्सान गनर्,े घर भत्काउने, पशुचौपाया मार्ने गर्दा स्थानिय बासि त्रसित भएको राजापुर नगरपालिका वडा न ७ का स्थानीय किसान श्याम लाल थारुले बताउनु भएको छ । उहाँका अनुसार बर्षौ देखि जंगली हात्ती बाट आफुहरु ले लगाएको अन्नबालि नोक्सान हुदै आएको , केही बर्ष पहिले विद्युतिय तारबार लगाएर केही हद सम्म सो तारबार बाट आफुहरु ले अन्नबानी राम्रो सग पाएको तर १/२ बर्ष पछि सो तारबारलाई जंगली…
Read More
कल्भर्ट समयमै निर्माण नहुँदा राजापुरमा यात्रीलाई सास्ती

कल्भर्ट समयमै निर्माण नहुँदा राजापुरमा यात्रीलाई सास्ती

♦सागर परियार २५ माघ, बर्दिया । बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ लाल्छिपुर र शंकरपुरको बिचमा रहेको झरनामा बनेको कल्भर्ट अझै सञ्चालनमा आएकाे छैन । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/२०७९ को वार्षिक कार्यक्रम अन्तर्गत बिनियोजन भएको उत्त आयोजना अझ सम्म पनि पुर्ण रुपमा सम्पन्न हुन नसकेको स्थानीय रन्जित भुसालले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,'अहिलेसम्म पनि यो कल्भर्टकाे निर्माण सम्पन्न नहुदा बर्खामा धेरै दु:ख पाइन्छ।' उहाले वर्षातको समयमा पानी धेरै पर्दा आवाज जावतमा त्यसबाट धेरै समस्या हुने गरेकाे बताउनु भयाे । उहाँले सुविधा कहिले पाउने भन्दै प्रश्न समेत गर्नुभयाे । राजापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष रामु थारुले…
Read More
राजापुर वडा ६ को सबै टोल-टोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी कार्यक्रम

राजापुर वडा ६ को सबै टोल-टोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी कार्यक्रम

२४ माघ, काठमाडाैं ।  राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयले टोलटोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी टोल स्तरीय सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ । वडा अध्यक्ष अशराज न्यौपानेलको अध्यक्षतामा सञ्चालित उक्त सचेतनामुलक कार्यक्रममार्फत वडावासीलाई सचेत पार्दै टोलटोलमा अभिमुखीकरण तालिम दिइएको छ । कार्यक्रममा वडा अध्यक्ष न्यौपानेले लागु पदार्थ र बालविवाह कानुनी अपराध तथा सामाजिक रोग भएकाले यस्ता गैरकानुनी कार्यलाई रोक्न वडावासी सचेत हुनपर्नेमा जोड दिनुभयो । लागु पदार्थ नियन्त्रण र बालविवाह रोक्न सके बालबालिकाको भविष्य उज्ज्वल हुने वडा अध्यक्ष न्यौपानेले बताउनु भयो । उहाँले वडामा रहेको १४ वटै टोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी सचेतनामुलक…
Read More
आधारभुत पत्रकारिता सम्बन्धी एक हप्ते तालिम सम्पन्न

आधारभुत पत्रकारिता सम्बन्धी एक हप्ते तालिम सम्पन्न

सागर परियार ९ माघ, राजापुर।  बर्दिया राजापुर नगरपालिकाको आयोजनामा ७ दिने आधारभुत पत्रकारिता तालिम कार्यक्रम आज सम्पन्न भएको छ । यहि माघ ३ गते देखि आयोजना भएको उक्त कार्यक्रमलाई राजापुर नगरपालिका वडा न ४ का वडा अध्यक्ष बिदुर पोखरेलले उदघाटन गर्नुभएकाे थियाे । पत्रकारिता क्षेत्रमा  युवाहरुकाे रूचि बढाेस र  युवाहरुकाे क्षमता तथा आत्मबल बढाउनका साथै  राजापुर नगरपालिका भित्र हुने सत्यतथ्य घटनालाई जनता सामु ल्याउनका निमित्त  युवा पत्रकारहरुको अहम भुमिका हुने र सो कारण यो कार्यक्रम संचालन गरेको वडा नं. ४ का वडा अध्यक्ष बिदुर पोखरेलले बताउनु भएकाे छ । स्थानिय स्तरमा भएका गतिबधिमा पनि युवाहरूकाे चासाे बढि हुन पर्ने र…
Read More
नमुना वडा बनाउन अहोरात्र खट्ने अध्यक्ष थारूको प्रतिबद्धता

नमुना वडा बनाउन अहोरात्र खट्ने अध्यक्ष थारूको प्रतिबद्धता

२९ पाैष, काठमाडाैँ । बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नम्बर १ मा अहिले विकासले फड्को मारीरहेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष बाबुराम थारूले बताउनुभयो । वडा अध्यक्ष थारूले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष बाबुराम थारू अहोरात्र खटिरहनु भएको छ ।” उहाँले भन्नुभयो, “हामीले लक्षित वर्गलाई समेट्ने गरी जेष्ठ नागरीक तथा अपाङ्गहरुलाई बजेट विनीयोजन गरेअनुसार उहाँहरुलाई झुल वितरण गर्ने कार्यक्रम राखेका छाैँ ।” त्यसैगरी किसानहरुलाई…
Read More
बर्दिया राजापुर महाेत्सवमा जाउँ थारू गाउँमा रमाउँ

बर्दिया राजापुर महाेत्सवमा जाउँ थारू गाउँमा रमाउँ

२५ पाैष, काठमाडाैं ।   थारू जाति नेपालको मेचीदेखि महाकाली सम्म मध्य(पश्चिम भूभागमा रहेको सुर्खेत उपत्यका, भित्री तराई भनिने बर्दिया, दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, मरिनखोला उपत्यका तथा कमला उपत्यकाका साथै नेपालको समग्र तराई र उत्तर भारतको आदिवासी जाति हो। यो जातिलाई नेपाल सरकारले लोकजातिको रूपमा मान्यता पनि दिएको छ । नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी जनसङ्ख्या भएको जाति पनि हो। भाषा संस्कृतिका धनी यो जाती परम्परागतरूपमा परापूर्वकालदेखि आफ्नै समाज र परिवेशमा रमाउने तथा मनोरञ्जन गर्ने गर्दछ। थारू आफ्नै संस्कृतिमा रमाउने जाती हो, थारुको प्रमुख पर्वहरु माघी, जितिया, दशैँ, सोहराई, हरेरी पुजा, यम्वासा, पुुस पन्ध्र, खिचरा, होरी, सिरुवा,…
Read More
राजापुर वडा नम्बर ७ को कार्यालयद्धारा न्यानो ब्लाङकेट वितरण

राजापुर वडा नम्बर ७ को कार्यालयद्धारा न्यानो ब्लाङकेट वितरण

♦सागर परियार २४ पौष, राजापुर ।  बर्दियाको राजापुर नगरपालिका वडा न ७ मा न्यानो ब्लाकेट बितरण गरिएको छ । वडा मा रहेका जेष्ठ नगरिक, एकल महिला, अपाङ्ग , टुहुरा बालबालिका तथा विपन्न नागरिकलाई  न्यानो ब्लाकेट बितरण गरिएको वडा अध्यक्ष रामु थारुले जानकारी दिनुभएको छ। हेरेक बर्ष जाडोको समयमा न्यानो ब्लाकेट दिइने र यस वडा भित्र रहेका अशाय अशक्त बुढाबुढी तथा एकल महिला लाई  जाडोमा केहि राहत मिलोस र न्यानो होस भन्ने उद्देश्यले वडा को बार्षिक कार्यक्रम अन्तर्गत लक्षित कार्यक्रम अन्तर्गत बजेट बिनियोजन गरेर कार्यक्रम गरेको र अब केहिदिन पछि वडा मा रहेका अनाथ बालबालिका लाई समेत न्यानो ब्लाकेट बितरण गर्ने…
Read More
बर्दियाको राजापुर नगरपालिकामा वडा स्तरीय बाल क्लब गठन

बर्दियाको राजापुर नगरपालिकामा वडा स्तरीय बाल क्लब गठन

२२ पाैष,राजापुर  ।  बर्दियाको राजापुर नगरपालिकामा वडा स्तरीय बाल क्लब गठन तथा पुर्न गठन भएको छ । बाल सचेतना कार्यक्रमअन्तर्गत वडा स्तरीय बाल क्लब गठन तथा पुर्न गठन भएको हो । राजापुर नगरपालिकाको आयोजनामा तथा १० वटै वडा को समन्वय कार्यक्रम वडा स्तरीय बाल क्लब गठन तथा पुर्न गठन भएको ७ नम्बर वडाका वडा सचिव प्रकाश ‌‍ओलीले बताउनुभयो । उहाँका अनुसार वडा स्तरीय बाल क्लब गठन तथा पुर्न गठन कार्यक्रम वडा नम्बर ७ मा भएको हो । उहाँले भन्नुभयो, 'बालबालिकाको समग्र विकासको लागि वडा स्तरीय बाल क्लब गठन तथा पुर्न गठन गरिएको हो। त्यसैगरी महिला बालबालिका शाखा राजापुरबाट रिता थारु…
Read More
‘थारु समुदायमा माघीको रौनक सुरु’

‘थारु समुदायमा माघीको रौनक सुरु’

१९ पौष, काठमाडौं । नेपालमा ८० प्रतिशत हिन्दू धर्मावलम्बी छन्। पौष महिनाको सकिँदै गर्दा माघ महिनाको आगमनसँगै नेपालमा माघ महिनाको विशेष महत्व छ। नेपालमा धेरै बसोबास हिन्दू धर्मावलम्बीहरू भएकाे कारणले माघ महिनाकाे विशेष महत्व छ । याे महिनालाई धार्मिक महिनाको रूपमा पनि लिने गरिन्छ। माघ महिनाकाे सबै जातजातीमा आ-आफ्नो महत्व रहेको छ। साथैं बाँके, बर्दिया लगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक यतिबेला देखिन थालेको छ। माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्। बर्दिया राजापुर वडा नम्बर ७ का वडाध्यक्ष रामु थारुले भन्नुभयाे, 'अहिले राजापुर माघीमय बनेकाे छ। थारू बाहुल्यता भएका यस ठाउँमा माघ महिनाकाे विशेष महत्व…
Read More
Page 3 of 4
1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.