Share Icon

२४ चैत,काठमाडौं । प्रदर्शनकाे तयारी गरिरहेका मिटरब्याज पीडित पक्राउ परेका छन् । शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले धरपकड गरेकाे हाे ।

मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग उनीहरूकाे माग छ ।

सरकारले मिटरब्याज पीडितको एक समूहसँग गत शनिबार ५ बुँदे सहमति गरेकाे थियाे । तर उक्त सहमतिले मात्र आफूहरुको समस्या समाधान नहुने भन्दै उनीहरू प्रदर्शनकाे तयारी गरेका हुन् ।

Facebook Comments Box

Share Icon