Share Icon

♦ध्रुब कार्की

२६ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश रामेछाप जिल्लामा अवस्थित खाँडादेवी गाँउपालिका वि.सं. २०७३ सालमा संघीय मामिला र स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरेपछि जिल्लामा साविकका राकाथुम, मझुवा, भीरपानी, पकरबास, माकादुम, गागल–भदौरे , पिङखुरी गाउँ विकास समिति मिलाएर गाउँपालिका बनाएको हो ।

यस गाउँपालिकाको कुल क्षेत्रफल १५०.७ वर्गकिलोमिटर र ३१,३८३ जनसङ्ख्या भएको यस गाउँपालिकालाई ९ वडाहरुमा विभाजन गरिएको छ ।

खाँडादेवी गाँउपालिका स्थित ३ नम्बर वडाका पुस्कर कुमार कार्की गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा खाँडादेवी गाँउपालिका वडा नम्बर ३ को अध्यक्ष पदमा पुनः निर्वाचित हुनुभएको छ । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुहुन्थ्यो ।

२०७४⁄७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ पुस्कर कुमार काकी, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

पछिल्लो समय खाँडादेवी गाँउपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष पुस्कर कुमार कार्की ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ३ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडा अध्यक्ष कार्की भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर वडामा रहेका साना तिना योजनाहरुलाई सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको अध्यक्ष कार्कीको भनाई छ ।

वडामा कृषि र पुर्वाधारलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै किसानहरुको समुह बनाएर विभिन्न उत्पादन गर्ने योजना रहेसँगै कृषि सम्बन्धी कार्यक्रम रहेको बताउनुभयो ।

अध्यक्ष कार्कीले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गर्ने काम गरीरहेका छौँ ।”

त्यसैगरी युवा तथा महिलाहरुलाई लक्षित गर्दै व्यवसायमुलक तथा आत्मनिर्भर जस्ता विभिन्न कार्यक्रम रहेको वडा अध्यक्ष कार्कीले प्रष्ट पार्नुभयो ।

वडा अध्यक्ष कार्कीले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन लागी परीरहेका छौँ ।”

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचीत भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

३ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ३ का अध्यक्ष कार्कीले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

Facebook Comments Box

Share Icon