Share Icon

१४ बैशाख ,काठमाडाैं ।   नजिककै, रामै्र चिनजानकै जनप्रतिनिहरुले चलाउने सरकार भएकोले जनताले सजिलै आफ्ना आवश्यक्त, माग र समस्या राख्न सक्छन् । संघीयता लागुभएर स्थानीय सरकार आएदेखि गाउँ—गाउँमा विकासको छनक सुरु भएको छ । केही वडाहरुले उदाहरणीय काम समेत गरेका छन् ।

यस्तै एक वडा हाे  मेल्लेख गाउँपालिकास्थित वडा नम्बर ७ वडा जसले  अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष प्रेम बहादुर महर ।

कक्षा ९ मा पढ्दा देखी नै समाज सेवामा आबद्ध रहनुभएका वडा अध्यक्ष महर निरन्तर रूपमा अहाेरात्र खटिरहनुभएकाे छ ।

वडा अध्यक्ष महर भन्नुभयाे, ‘ सबैले भनेका सबै योजनाहरुलाई बजेटको कमीको कारणले समेट्न नसकेपनि जनताको मुख्य आवश्यक्ताहरुलाई मध्यनजर गरेर योजना छनोट गरेका छौं । समेटेका छौं । हामीले यहाँका जनताको मागलाई पूरा गर्ने प्रयत्न हमेसा गरिरहेका छौं ।’

उहाँले थप्दै भन्नुभयाे,  ‘जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले जनतासँग छलफल गर्दैनन् भन्ने कुरा  मेल्लेख गाउँपालिका वडा नम्बर ७ का  हकमा सरासर गलत हो । किनभने हामीले बजेट बनाउँदा सबै वडामा टोल—टोलमै छलफल गरेका छाै । वडाका गतिबिधि सहित वार्षिक प्रतिबेदन सार्वजनिक गर्न् लागिहेका छाै । यस अार्थिक वर्षका बजेटबाट ६५ प्रतिशत काम सकिसकेकाे छाै । बाकि पनि सक्ने तयारीमा छाै।

हामी वडा नम्बर ७ को विकास गर्दा सबैभन्दा प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषिलाई दिनेछौं । शिक्षामा व्यवस्थित र गुणस्तरीय बनाउन जरुरी छ । शिक्षा राम्रो नभएको ठाउँमा अन्य क्षेत्रको विकास गर्न पनि असहज हुन्छ । त्यसो हुनाले हामी विद्यालयहरुमा प्राविधिक शिक्षा, शिक्षकको कमी भएको विद्यालयमा स्थानीय स्रोतबाट शिक्षकको व्यवस्था गर्ने, विद्यालयहरुको भौतिक अवस्था व्यवस्थित बनाउने लगायतका कामहरु पहिल गर्ने छौं ।

त्यसैगरी स्वास्थ्यलाई पनि हामीले प्राथामिकतामा राखेका छौं । गाउँपालिका वडा नम्बर ७ मा स्वास्थ्य चौकी बनाउन  व्यवस्थित पहल गर्दै छौं ।  पालिकाबाट एम्बुलेन्सको व्यवस्था रहेकाे छ  । वडा अध्यक्ष महरले बताउनुभयाे ।

वडा अध्यक्ष महरले भन्नुभयाे, ‘ विकास निरन्तर भइरहने प्रक्रिया हो । कुन क्षेत्रको विकास अगाडि, छिटै गर्नुपर्छ र जनतालाई तत्काल कुन कुराको आवश्यक्ता छ भन्ने कुरा महत्वपुर्ण हुन्छ । त्यस हिसाबमा हामी काम गर्दै छाै ।’

हाम्रोमा वडा भवन  बनेको छ जसबाट हामी सेवा सुविधा सहज रूपबाट दिइरहेकाे छाै  ।  त्यसैगरी हाम्रो वडामा राम्रो कृषि उत्पादन हुन्छ । यहाँका केही टाेलहरुमा सिचाइँको अभाव छ । त्यहाँको लागि हामी सिचाइँ गर्न नहर र कुलोको योजना ल्याउने छौँ । मलको समस्या अहिले जटिल बनेको छ । यसमा पनि हामी किसानलाई छिटै मल र बीउ उपलब्ध गराउने प्रयत्न गर्ने छौं । कृषि तथा पशुपालनमा अनुदान लगायतका राम्रा योजनाहरु ल्याउने तयारी गरिरहेका छौं । वडा अध्यक्ष महरले बताउनुभयाे ।

हामीले केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्नै पर्ने हुन्छ । किनभने यहाँको स्रोतसाधनले मात्रै सबै क्षेत्रको विकास गर्न सकिँदैन । बजेट पुग्दैन । त्यसो हुनाले हामीले केन्द्र र प्रदेश सरकारलाई भनेर राम्रा र ठूला योजना तथा कार्यक्रमहरु ल्याउन पर्ने छ वडा अध्यक्ष महरले उल्लेख गर्नुभयाे ।

वडा अध्यक्ष महरले भन्नुभयाे, ‘ त्यसो हुनाले हामी निरन्तर पहलमा छौं । यहाँको परिवतर्न र विकासको लागि केन्द्र सरकार, प्रदेश सरकार, संघसंस्थाहरु, राजनीतिक दलहरु, निजी क्षेत्र सबैसँग सहकार्य गरेर अगाडि बढ्ने हाम्रो चाहाना छ । त्यसै अनुसार निरन्तर पहल गरिरहेका छौं ।’

मैले निर्वाचन जित्नुभन्दा अगाडि पनि यहाँको सामाजिक क्षेत्रमा सक्रिय नै थिएँ । त्यतिबेला पनि हामीले सडक र खानेपानीको क्षेत्रमा राम्रै सफलता प्राप्त गरेका थियौं । निर्वाचन जितेको केही समयपछि पालिकाको बजेटले मात्रै विकास गर्न कठिन हुन्छ भनेर संघ र प्रदेशसँग समन्वय गरेर अगाडी जाने तयारी गरेका छाैं ।

अन्त्यमा पालिकावासीलाई केही भन्नु छ?

मेल्लेख गाउँपालिकास्थित वडा नम्बर ७ का जनताले मलाई निर्वाचित गराउनुभएको हो । अब मैले मेल्लेख गाउँपालिकास्थित वडा नम्बर ७ का जनताको अभिभावकत्व निभाउन सकिरहेकाे छु । हामी एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नु पर्छ । हामीले यो पाँच वर्षमा मेल्लेख गाउँपालिकास्थित वडा नम्बर ७ को जीवनस्तर उकास्नु छ ।

त्यसकारणले हामीलाई सबै मेल्लेख गाउँपालिकास्थित वडा नम्बर ७ का जनताको साथ समर्थन प्राप्त हुन्छ भन्नेमा विश्वस्त छौं । हामी निस्वार्थ भावले यहाँको विकासमा लाग्ने छौं ।

केही कमिकमजोरी हुँदा भन्नु होला । सबैको सुझावको सम्मान गर्ने छौं । अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ७ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon