सभापोखरी गाउपालिका वडा नम्बर १ लाई खाने तेलमा आत्मनिर्भर बनाउने
सभापोखरी (संखुवासभा) : संखुवासभाको सभापोखरी गाउपालिका वडा नम्बर एकलाई खाने तेलमा आत्मनिर्भर बनाइने भएको छ।
वडाले सूर्यमुखी-फूलको बिउ वितरण गरेपछि अहिले वडा नम्बर एक अन्गर्गतका विभिन्न ठाउँहरुमान सूर्यमुखी-फूलको खेती गरिएको छ।
किसानहरुले लगाएको सूर्यमुखी-फूल खेतीको अनुगमन गर्दै वडा अध्यक्ष इश्वोर पुलामी मगरले सभापोखरी गाउपालिका वडा नम्बर एकलाई खाने तेलमा आत्मनिर्भर बनाइने जानकारी दिए।
वडा नम्बर १ मा साविक धुपू २ मा सिता राईले उत्पादन गरेको सूर्यमुखी-फूलको अनुगमन गर्दै लोभलाग्दो उत्पादन देखेर आफूलाई खुसी लागेको बताउदै अनुभव बाट सिक्दै खाने तेलमा आत्मनिर्भर बन्न वडाबासीलाई अनुरोध गरेका छन्।
गाउपालिकाको लेब्राङ र डाँडागाउमा किसानहरुले लगाएको सूर्यमुखी-फूल खेतीको पनि अनुगमन गरिएको उनले बताए।
अब खेती गरेका किसानहरुलाई बिषादी पनि उपलब्ध गराउदै जाने उनले बताए। बिषादीका लागि किसानहरुलाई वडा कार्यालय आउन अनुरोध गरिएको उनले बताए। कृषि प्राविधिक सहित वडा जनप्रतिनिधिहरूले निरन्तर अनुगमन र समस्याहरूको हल खोज्दै जाने उनले बताए ।