विपी राजमार्गमा संचालन हुने सवारी साधनमा टाइमकार्ड लागू

Share Icon

३ कार्तिक, काठमाडौं । नेपालीहरुको महान पर्व सुरु भएसँगै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विपी राजमार्गमा संचालन हुने सवारी साधनहरुलाई टाइमकार्ड लागू गरिएको छ ।

केही समय यता विपी राजमार्गमा दुर्घटना बढन थालेपछि सार्वजनिक सवारीमा मात्रै लागू भएको टाइमकार्डलाई निजी सवारीमा समेत लगाउन थालिएको हो । विगतमा विपी राजमार्गको भिमानदेखि नेपालथोकसम्म लागू हुँदै आएको टाइमकार्डलाई भिमानदेखि सिन्धुलीमाढी सडकखण्डमा हटाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ।

पछिल्लो समय लागू गरिएको टाइम कार्ड अनुसार सिन्धुलीमाढीदेखि खुर्कोटसम्मको ३९ किलोमिटर सडकमा ठूला यात्रुवाहक सवारीलाई एक घण्टा ३० मिनेट र साना यात्रुवाहक सवारीलाई १ घण्टा १५ मिनेटको समय राखिएको छ । उता खुर्कोट नेपालथोक ३३ किलोमिटर सडकखण्डमा साना सवारीलाई ५५ मिनेट र ठूला सवारीलाई एक घण्टा १५ मिनेटको समय राखिएको छ ।

विपी राजमार्गमा साना मोटसाइकल र निजी सवारीलाई सिन्धुलीको कमलामाई नगरपालिका-४ हिरापानीदेखि खुर्कोटसम्म एक घण्टा र खुर्कोट नेपालथोकलाई ४५ मिनेट समय निर्धारण गरिएका छ ।

विपी राजमार्गमा दुर्घटना न्यूनीकरण गर्न टाइमकार्डको व्यवस्था गरिए पनि सरकारी नम्बर प्लेटका सवारी साधनहरुलाई छुट दिने र मोटरसाइकललाई समेत टाइम कार्ड लगाउने कार्यको विरोध भइहेकोे छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.