मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
१६ फागुन,जलेश्वर । महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिनुभयो ।
बलवा –१० को धमौराबाट बनौटा जाँदै गरेको प्र२–०२–००२प ३३७२ नंको मोटरसाइकलले बाटो काट्दै गरेका महतोलाई ठक्कर दिएको थियो ।
उपचारार्थ बर्दिबासस्थित ट्रमा सेन्टरमा लगिएकामा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । मोटरसाइकल चालक २२ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
परिक्रमा यात्रीको मृत्यु
मिथिलामा जारी पन्ध्र दिने माध्यमिकी परिक्रमा यात्राअन्तर्गत महोत्तरीको ध्रुवकुण्डमा लागेको मेलामा सोमबार एक तीर्थयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मटिहानी नगरपालिकाको धिरापुरगाउँ निवासी ७० वर्षीय राजदेव मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले बताउनुभयो ।