‘समृद्ध र सुन्दर काठमाडौँ महानगरपालिका वडा नं. २ ’ नै हाम्रो उद्देश्य हो : अध्यक्ष श्रेष्ठ
बैशाख,काठमाडाैं । संघीयतामा स्थानीय तह निकै प्रभावकारी बनेको छ । स्थानीय सरकारलाई अझै बढि अधिकार दिनपर्छ भन्ने आवाजहरु पनि आएका छन् । केही वडाहरुले भने संघीयताको मर्म र भावना अनुसार काम गर्न सकिरहेका छैनन् । अबको पाँच वर्षे कार्यकालका लागि जनताले स्थानीय जनप्रतिनिधि चयन गरेका छन्। केही जनप्रतिनिधिहरुले भटाभट निर्णय तथा काम गरिरहेका छन् । केही वडाहरुले राम्रा योजनाहरु अगाडि सारेर केही काम सकिसकेका केही वडा काम गर्ने चरणमा छन्। बागमती प्रदेश काठमाडौँ जिल्लामा अवस्थित काठमाडौँ महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर दास्रो पटक अध्यक्ष पदमा निर्वाचीत वडा अध्यक्ष हुनुहुन्छ…
