Share Icon

हस्ता विष्ट
२ जेठ,काठमाडाैँ । दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा अबस्थित यो गाउँपालिका स्थानिय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गा.बि.स. मिलाएर बनाईएको हो ।

पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ ।

गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित कालीगण्डकी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष खगीसरा आलेले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

कालीगण्डकी गाउँपालिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष खगीसरा आले ।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष आले अहोरात्र खटिरहनुभएको छ ।

कालीगण्डकी गाउँपालिका वडा नं. २ मा जम्मा बजेट पालिकाबाट ३४ लाख ५० हजार, प्रदेशबाट १ करोड २३ लाख र संघबाट २२ लाख वजेट विनियोजन गरिएको वडा अध्यक्ष आलेले जानकारी दिनुभयो ।

वडा अध्यक्ष आले भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”

वडा अध्यक्ष आले निर्वाचित हुनभन्दा पहिले वडा सदस्यमा रहेरसंसगै निरन्तर समाज सेवामा गरे संसगै अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष आलेले बताउनुभयोे ।

वडा अध्यक्ष आलेले भन्नुभयो, ‘ वडामा बाटो, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुका साथसाथै बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै गारेटो बाटो निमार्ण गर्ने कामहरु भईरहेको छ । ‘

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्ने, किशोर किशोरीहरुलाई लागु औषध विरुद्ध कार्यक्रम सञ्चालन गरेको र विद्यालयमा कम्प्युटर तालिमको व्यवस्था गरेको र कम्प्युटरहरु वितरण गरेको उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र सुत्केरी महिलाहरुलाई पोषण कार्यक्रमहरु गरेको वडा अध्यक्ष आलेले जानकारी दिनुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘अपांग तथा गरिबहरुलाई लक्षित गर्दै बाख्रा तथा वङगुरको पाठाहरु वितरण गरेका छौ ।’
उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा घरघरमा खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेका छौ । ‘

त्यसै गरी महिला हरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष आलेले बताउनुभयो ।

वडा अध्यक्ष खगीसरा आलेले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon