Share Icon

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बस्नेगरी बैठक बोलाएको सचिवालय जनाएको छ ।

बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।

मन्त्रिपरिषद‍्को बैठकअघि प्रधानमन्त्री प्रचण्डले सरकारका नीति तथा कार्यक्रमका बारेमा सुझाव लिनका लागि सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।

Facebook Comments Box

Share Icon