Share Icon

२५ असाेज, काठमाडाैं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशकाे नयाँ नेतृत्वको लागि अध्यक्षमा कृष्ण प्रसाद जैशी सर्वसम्मत चयन हुनुभएको छ ।

एमाले सुदूरपश्चिममा भइरहेको अधिवेशनमा सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक पनि सर्वसम्मत चयन भएका हुन् । सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द सर्वसम्मत हुनु भएको हो भने उपसचिवमामा अशोक चन्दले फिर्ता लिएपछि बिक सचिव सर्वसम्मत चयन हुनु भएको हो ।

यसअघि उपाध्यक्षमा काली बहादुर शाही सर्वसम्मत भइसक्नु भएको छ । पाँच दिन लामो प्रयासपछि सुदूरपश्चिमा सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरु सफल भएका छन् ।

Facebook Comments Box

Share Icon