Share Icon

२५ असाेज, काठमाडौं । विश्वकप फुटबल छनाेटको प्रारिम्भक चरणको खेलमा बिहीबार नेपालले लोओससँग प्रतिस्पर्धा गर्ने भएकाे छ।

नेपाल र लाओसबीचको खेल बिहीबार साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएकाे हाे । खेलको लागि नेपाली टोली तयार रहेको प्रशिक्षक भिन्सेन्जो अल्बर्टो र कप्तान किरण चेम्जोङको दावी छ ।

छनाेट चरणको दोस्रो खेल आगामी मंगलबार लाओसमा हुने भएकाे छ । यस चरणको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरणदेखिका खेलहरु भने समूह चरणको ढाँचामा हुनेछन् ।

सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्तरुपले आयोजना गर्न लागेको विश्वकपको लाग एशियाली छनाेट सुरु भएको हो । विश्वकपको आगामी संस्करणदेखि ४८ टोलीले सहभागिता जनाउने भएका छन् ।

Facebook Comments Box

Share Icon