Share Icon

३ कार्तिक, काठमाडौं । काभ्रेकाे बनेपामा राजस्व छलेर ल्याएको ९२ बोरा चिनी बरामद भएको छ ।

उक्त चिनी इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले बरामद गरेको हो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँच गर्दा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छलेर ल्याएको ५० किलोका ९२ बोरा चिनी भेटिएको हो ।

चिनीसहित ट्रक र ट्रकका चालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रकमा धानको बोराले छोपेको ९२ बोरा चिनी अन्दाजी पाँच लाख ९८ हजार रुपैयाँ मुल्यको चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

बिहीबार ट्रक पनौतीबाट बनेपातर्फ आइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको हो ।

Facebook Comments Box

Share Icon