गण्डकीमा आज सभामुखको निर्वाचन

Share Icon

३० पाैष,गण्डकी । गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो । कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालयमा् सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । उक्त समयभित्र दर्ता भएका उम्मेदवारीको १ः३० बजे सूची प्रकाशन गर्ने जनाइएको छ ।

त्यसैगरी ३ बजेको बैठकमा उम्मेदवारीको सूचनामाथि छलफल भई निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । सत्ता गठबन्धनमा गण्डकीमा नेकपा (एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भएको सहमतिअनुसार एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभएको छ ।

गठबन्धनबाट माओवादीका सभामुखमा कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुहुने भएको छ । नेपाली कांग्रेसले भने हालसम्म उम्मेदवार तय गरिसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य हुनुहुन्छ

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.