गढवामा पालिका स्तरीय खेलकुद प्रतियोगिताको सुभारम्भ, लमही नगरपालिका र गढवा गाउँपालिका फाइनलमा प्रवेश
आलोक भावुक गढवा, २७ फागुन। गढवा गाउपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको शनिबार गढवामा उद्घाटन गरिएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदु भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजितको प्रमुख आतिथ्य तथा लुम्बिनी विकास प्राधिकरणका कार्यकारी निर्देशक छबिराज पोख्रेल र गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा प्रतियोगिताको कार्यक्रमको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमको बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले खेल स्वास्थ्य लाई मात्र नभई देशको लागि पनि आवश्यक रहेको…
