गढवा गाउँपालिका

गढवा-गाउँपालिका दाङ जिल्लामा पर्छ

गढवाको ६ नम्बर वडाका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

गढवाको ६ नम्बर वडाका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

गढवा, २४ बैशाख ।  गढवा गाउँपालिका वडा नम्बर - ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। "पूर्ण खोप सुरक्षित भविष्य"खोप पाउनु बालबालिकाको 'नैसर्गिक अधिकार हो ' भन्ने मूल नाराका साथ दाङको गढवा गाउँपालिका वडा नम्बर - ६ लाई आईतवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो। वडा खोप समन्वय समितिले गढवा स्वास्थ्य चौकीमा आइतबार आयोजना गरेको कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पालिकाको वडा नम्बर - ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्नु भयो। कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम…
Read More
गढवामा हाेजियारी सम्बन्धी एक महिने तालिम सम्पन्न

गढवामा हाेजियारी सम्बन्धी एक महिने तालिम सम्पन्न

♦ आलोक भावुक गढवा गाउँपालिका उद्यम  विकास शाखाको आयोजनामा एक महिने होजियारी सम्बन्धी एक महिने होजियारी बुनाई तालिम गढवा गाउँपालिका वडा नम्बर - ३ गोबरडियामा सम्पन्न भएको छ। 'आर्थिक समृद्धीको आधार लघु उद्यम मार्फत रोजगार' भन्ने मुलनाराका साथ गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत एक महिने होजियारी बुनाई सम्बन्धी सीप तालिम को समापन सञ्चालन गरी स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको उद्यम विकास सहजकर्ता मिना चौधरीले जानकारी दिनुभयो। तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमकाका प्रमुख अतिथी एवम् गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिकाले गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत…
Read More
खानेपानी पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष भगत चौधरी

खानेपानी पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष भगत चौधरी

२१ चैत्र, काठमाडौ।  लुम्बिनी प्रदेश दाङ जिल्लामा अवस्थित गढवा गाउँपालिकामा वडा नं. २ का वडा अध्यक्ष हरि भगत चौधरीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो। गढवा गाउँपालिकामा वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हरि भगत चौधरी । पुर्व वडा अध्यक्षको कार्यकालमा अधुरा रहेका काम सम्पन्न गर्दै नयाँ विकास निमार्णका कार्यहरु तीव्र गतिमा गर्ने तयारीमा रहेको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो । वडा अध्यक्ष हरि भगत चौधरीले भन्नुभयो, “ खानेपानी पहिलो प्राथमिकता दिएर शिक्षा, स्वास्थ्य, कृषि ,…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष चौधरी

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष चौधरी

७ बैशाख, काठमाडाैं ।  लम्बिनी प्रदेश दाङ जिल्लामा अवस्थित गढवा गाउँपालिकामा वडा नं. २ का वडा अध्यक्ष भक्तु चौधरीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो। गढवा गाउँपालिकामा वडा नं। २ मा अहिले विकासले मुहार फेरिरहेको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष भक्तु चौधरी। यस वडाका जनप्रतिनिधि भक्तु चौधरी गढवा गाउँपालिकामा २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो। गढवा गाउँपालिकामास्थित वडा नम्बर २ मा अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण…
Read More
आय आर्जनका लागि सीपमूलक तालिम आवश्यक : उपप्रमुख चौधरी

आय आर्जनका लागि सीपमूलक तालिम आवश्यक : उपप्रमुख चौधरी

♠आलोक भावुक  २८ चैत्र गढवा । आय आर्जनका लागि सीपमूलक तालिम आवश्यक रहेको गढवा गाउँपालिका उपप्रमुख शारदा कुमारी चौधरीले बताउनु भएको छ । सोमबार सात दिने लुगा धुने सरफ बनाउने तालिम तथा कच्चा पदार्थ हस्तान्तरण समापन कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले सो कुरा बताउनुभएको हो। अपांगता भएकाहरुको आत्मबल बढाउँदै स्वरोजगार बनाउँने उद्देश्यले तालिम दिइएको समेत चौधरीले बताउनुभयो। अपांगता भएकाहरुको विकासबिना विकास र समृद्धि गर्न कठिन हुने भन्दै उहाँहरुका लागि आगामी दिनहरुमा पनि बिशेष कार्यक्रम सञ्चालन गर्न पालिका योजना बनाई रहेको बताउदै समाजमा अपांगता भएकाप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्दै आत्मनिर्भर बनाउन यो तालिमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बिस्वास आफ्नो रहेको बताउनुभयो।…
Read More
गढवामा ६६औं राष्ट्रिय सहकारी दिवस मनाइयो

गढवामा ६६औं राष्ट्रिय सहकारी दिवस मनाइयो

आलोक भावुक ।  गढवा, २१ चैत्र।  विभिन्न कार्यक्रम गरी गढवामा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा पालीका स्तरीय सहकारी संञ्जालको आयोजना तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको सह आयोजनामा ६६अौं राष्ट्रिय सहकारी दिवस विभिन्न खेलकुद कार्यक्रम गरी गढवामा मनाइएको हो। पालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक विकास तथा पूर्वधार निवर्तमान मञ्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्य एबम् गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलकोको बिशिस्ट आतिथ्यमा मनाइएको छ । राष्ट्रिय सहकारी महासंघले यस बर्षको लागि सहकारीमा दिगोपन स्वनियमन र अनुशासन भन्ने मुल नारा तय गरेको छ।…
Read More
गढवामा शैक्षिक सुधारका लागि बृहत शैक्षिक सम्मेलन

गढवामा शैक्षिक सुधारका लागि बृहत शैक्षिक सम्मेलन

आलोक भावुक १५ चैत्र, काठमाडाैं ।  गढवामा शैक्षिक सुधारका लागि बृहत शैक्षिक सम्मेलनको आयोजना गरिएको हो। गढवा गाउँपालिकाले पालिका भित्रका विध्यालयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि छलफल गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका निवर्तमान भौतिक विकास तथा पूर्वधार मञ्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यत तथा पूर्व संविधान सभा सदस्य रस्मीराज नेपालीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको छ। शैक्षिक सम्मेलन लाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले शैक्षिक उपलव्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भएको छ । मन्त्री थारुले शैक्षिक सुधारका लागि शैक्षिक सम्मेलन महत्वपूर्ण हुने बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन…
Read More
गढवामा सहकारी संस्थाहरुको समस्या, चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रम

गढवामा सहकारी संस्थाहरुको समस्या, चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रम

♠आलोक भावुक  १४ चैत्र ,गढवा ।   गढवामा सहकारी संस्थाहरुको समस्या, चुनौती र समाधान विषयक सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी र आशिष चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो। अन्तक्रिया कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यम नरायण शर्मा पोख्रेलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न पालिका तयार रहेको बताउनु भएको छ। सोमवार गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले आयोजना गरेको सहकारी संस्थाहरुको समस्या, चुनौती र समाधान विषयक गाउँपालिका सहितको अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले यस्तो बताउनुभएको…
Read More
गरिवि निवारणका लागि गढवा गाउँपालिकाद्वारा एक महिने होजियारी बुनाई तालिम

गरिवि निवारणका लागि गढवा गाउँपालिकाद्वारा एक महिने होजियारी बुनाई तालिम

आलोक भावुक  गढवा, ७ चैत ।  गरिवि निवारणका लागि गढवा गाउँपालिकाद्वारा एक महिने होजियारी बुनाई तालिमको मंगलवार गढवा – ३ गोबरडियामा उद्घाटन गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य बिमल कुमार चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको हो । एक महिना सम्म चल्ने तालिमको उद्घाटन गर्दै गढवा गाउँपालिका यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले महिलाहरुलाई गाउँमै पेशा व्यवसाय गरेर आत्मनिर्भर बनाउने उदेश्यले ‘एक महिने होजियारी बुनाई तालिम’ सञ्चालन थालेको बताउनुभयो । गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा एक महिने होजियारी बुनाई तालिम सञ्चालन गरी स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति…
Read More
गढवामा जारी पालिका स्तरीय खेलकुद प्रतियोगिताको समापन, लमही नगरपलिका फुटबल प्रतियोगितामा प्रथम

गढवामा जारी पालिका स्तरीय खेलकुद प्रतियोगिताको समापन, लमही नगरपलिका फुटबल प्रतियोगितामा प्रथम

आलोक भावुक गढवा, १ चैत ।  गढवा गाउपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको बुधवार समापन गरिएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदु भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको थियोे । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा पूर्व संविधान सभा सदस्य रश्मी राज नेपालीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो। समापन कार्यक्रममा बोल्दै पूर्व संविधान सभा सदस्य रश्मी राज नेपालीले खेल स्वास्थ्यको लागि मात्र नभई देशको लागि पनि अभिन्न अंग भएको बताउनुभयो। जसरी स्वास्थ्यको लागि खेलको आवश्यक्ता पर्दछ त्यसरी नै राष्ट्रको लागि पनि खेलाडी र खेल…
Read More
Page 1 of 2
1 2
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.