गढवामा सीपी नेपालद्वारा ८ जना उद्यमी महिलासहित ४३ जनालाई नि:शुल्क साइकल वितरण
आलोक भावुक
२६ पौष, गढवा । क्रियटिङ पोसिबिलिटिज नेपाल संस्थाले ८ जना उद्यमी महिलासहित ४३ जनालाई मंगलवार नि:शुल्क साइकिल वितरण गरेको छ। मंगलवार संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साइकल वितरण गरेको हो ।
गढवा गाउँपालिका वडा – ५का वडाध्यक्ष लेखराज थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा नि:शुल्क साइकल वितरण कार्यक्रममा सम्पन्न भएको हो।
नि:शुल्क साइकल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष पोख्रेलले क्रियटिङ पोसिबिलिटिज नेपालले गरेको कामहरु सरहनिय भएको बताउनुभयो।
सीपी नेपालको कार्य गर्ने शैली तरिका एकदम फरक राम्राे रहेकाे भन्दै उहाँले बताउनु भयाे । विपद् लगायतको काम सब भन्दा पहिले पालिकासंग समन्वय गरेर नागरिको दु:ख सुखमा हातोमालो गरिरहेको बताउदै साइकल वितरण कार्य पनि उत्तिकै सरहनिय काम भएको बताउनुभयो। साइकलबाट विद्यालयबाट घर आवतजावत गर्न सहज हुने र पढाईमा थप सहयोग पुग्ने अध्यक्ष पोख्रेलले बताउनु भयो ।
त्यसैगरी कार्यक्रमका अध्यक्षता गरेका ५ नम्बर वडाका वडाध्यक्ष थापाले संसथा २०६४ सालदेखि आजसम्म समाजमा सहयोग गर्दै आउनु र स्थापित हुनु चानचुने कुरा नभएको बताउनुभयो। सीपीले सुरुको समयमा काम गर्दा ठुलो चुनौती रहे पनि अहिले सफल भएको उहाँकाे भनाइ छ ।
सीपीले शिक्षा स्वास्थ्य क्षेत्रमा गरेको कामको जति तारिफ गरे पनि कम हुने उहाँले बताउनु भयाे । वडाबाट हुने सम्पूर्ण सहयोग गर्ने आश्वासन समेत वडाध्यक्ष थापाले दिनु भयो ।
२०६५ सालमा साविकको गंगाप्रसपुर गाबिसबाट २० जनाबाट सुरुवात भएको संस्था हाल पाँचसय भन्दा बढीको संख्यामा संस्थामा आबद्ध भएको बताएको विद्यार्थी संयोजक दिपा चौधरीले जानकारी दिनु भयो। संस्थाले शिक्षा, स्वास्थ्य र महिला शसक्त्तिकरण को पक्षमा निरन्तर काम गरिरहेको संयोजक चौधरीले बताउनुभयो।
२०१२ सालदेखि नै बाल विवाह र बाल मजदुर न्युनीकरणका लागि साइकल वितरण कार्य शुभारम्भ गरिएको संयोजक चौधरीले जानकारी दिनु भयो। कक्षा सातदेखि माथिका विद्यार्थीहरुको पढाईलाई मध्यनजर गर्दै साइकल वितरण कार्यको सुरुवात गरिएको स्क्रिनिङ पोसिबिलिटिज नेपालले जनाएको छ ।
संस्थाले हाल सम्म १२३१ थान साइकल वितरण गरिसकेको जनाएको छ। भोलि जसमध्ये १६८ वटा उद्यमी महिला र १ हजार ६३ वोटा साइकल विद्यार्थीहरुलाई वितरण गरिएको बताएको छ । गरिब, अतिविपन्न, जेहेन्दार र विद्यालयदेखि घर सम्मको दूरी टाढा रहेका विद्यार्थी र आमा समुहमा रहेका उद्यमी महिलाहरुलाई व्यवसायिक प्रोत्साहनका लागि निःशुल्क साइकल वितरण गरिएको सीपी नेपालका विद्यार्थी संयोजक हेमराज शर्माले बताउनुभयो।
नयाँ साइकल पाएपछि खुसीले गदगद भएको विद्यार्थी मुगा बुढा मगर बताउनुभयो। घरबाट पैदल हिडेर विद्यालय आउँदा र जाँदा निकै दुःख पाएको सुनाउँदै साइकल नहुँदा समयमा विद्यालय पुग्न नसक्ने तथा घर पुग्न समेत अबेर हुने गरेको विद्यार्थी मगरले बताउनुभयो।
मगर जस्तै अन्य थुप्रै विद्यार्थीहरुले साइकल नभएकै कारण स्कुल जान नमान्ने तथा समयमा विद्यालय पुग्न नसक्ने समस्या रहेको थियो । सीपी नेपालले विद्यार्थीहरूलाई पढाइप्रति थप आकर्षित गर्न साइकल वितरण गरेकाे विद्यार्थी संयोजक शर्माले बताउनुभयो।
२०६४ सालमा दाङको गढवा गाउँपालिकामा सीपी नेपालले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा भवन निमार्ण गर्नेदेखि लिएर महिला शसक्तिकरणका लागि पनि काम गर्दै आइरहेको संयोजक शर्माले जानकारी दिनु भयो ।
२० जना पुर्व कम्लहरीबाट काम सुरुवात गरेको सीपी नेपालले ५६ ओटा आमा समुह गठन गरी १ हजार बढी सदस्य विस्तार गरेको छ । भने हाल ३ वटै पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ८ सयभन्दा बढी साइकल वितरण गरिसकिएको उहाँले बताउनु भयो । सीपी नेपालको विद्यार्थी संयोजक दिपा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला संयोजक सरिता चौधरीले गर्नु भएको थियो ।