आफुले गरेका प्रतिबद्धता अनुसार ५ वर्षमा काम गरेर देखाउने वडा अध्यक्ष बोहोरा

Share Icon

५ वैशाख, काठमाडौँ।  भुपरिवेष्ठित देश नेपालकोको सुदुरपश्चिम भागमा अवस्थित रहेको वैतडी जिल्लाको पुर्वी पहाडी भागमा यो सिगास गाउँपालिका अवस्थित रहेको छ।

साविकका सिगास‚गाँजरि‚ढुङ्गाड‚थालाकाँडा‚शिवलिङ्ग‚चौखाम गाविस र शिखरपुरका २ वडा मिलाएर हाल सिगास गाउँपालिका बनेको छ । रहनसहन‚लवाईखवाई देखि लिएर रीतिरिवाज परम्परा‚भाषा लगायत सम्पुर्ण कुरा यी ६ गा.वि.स विच मिल्ने भएकाले यी ६ गा.वि.स समावेश गरि एक गाउँपालिको रुपमा सिफारिस गरिएको थियो । यस सिगास गाउँपालिमा ७ वडा कायम गरि साविकको शिवलिङ्ग गा.वि.स को वडा न ४ गर्जेमा कार्यालको केन्द्र कायम गरिएको छ ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा ७ मतको अन्तर अन्तरले पराजित हुनुभएका हरि सिंह बोहरा निरन्तर रुपमा समाज सेवामा लागी रहनुभयो फलस्वरुप सिगास गाउँपालिका अवस्थित वडा नम्बर ४ का वडा अध्यक्ष हरि सिंह बोहराले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

२२ वर्ष उमेर देखि नै समाज सेवामा लागी रहनुभएका वडा अध्यक्ष बोहरा अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।

उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।  उहाले थप्दै भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

वडामा ७२ लाख बजेट विनियाेजन भएकाे ३० प्रतिशत काम आफुले गरेका प्रतिबद्धता अनुसार पुरा गरेकाे पाँच वर्षाकाे कार्यकालमा सत प्रतिशत प्रतिबद्धता अनुसार काम सम्पन्न गर्न वडा अध्यक्ष बोहराले उल्लेख गर्नुभयाे ।

चालु आर्थिक बजेटबाट वडामा काम  भईरहेकाे अब चाडै सक्ने वडा अध्यक्ष बोहराले उल्लेख गर्नुभयो ।

वडा अध्यक्ष बोहराले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं ।’

उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। वडा अध्यक्ष बोहराले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.