Share Icon

उमेश दलामी
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाले पालिकामा रहेको ३९ जना अपांग तथा असाय व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेको छ । नेपालगंज मेडिकल कलेज कोहलपुरको प्राविधिक सहयोगमा राप्ती सोनारीले महिला बालबालिका तथा समाजकल्याण इकाईको आयोजनामा ५ लाख रुपैयाँको बजेटमा ९ वटै वडामा रहेको अपांग व्यक्तिहरुलार्ई बुधबार र बिहीबार सामग्री वितरण गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेशकुमार शर्माले जानकारी दिए ।

पालिकाले बुधबार वडा नम्बर ९, २, ८ र १ मा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेको थियो । पालिकाका अध्यक्ष तप्तबहादु पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकिय अधिकृत ओमप्रकास देवकोटा, गाउँपालिकास्तरीय अपांग सञ्जाल समितिका अध्यक्ष यमराज ओली तथा सबै वडाअध्यक्षहरुको उपस्थितिमा अपांग व्यक्तिहरुलाई सामग्री वितरण गरिएको थियो । भने बिहीबार वडा नम्बर ३, ४, ५, ६ र ७ मा रहेको अपांग व्यक्तिहरुलार्ई सहायक सामग्री वितरण गरिएको हो ।

पालिकाले वडा नम्बर १ मा ७ जना, वडा नम्बर २ र ८ मा गरी ७ जना, वडा नम्बर ३ मा २ जना, वडा नम्बर ४ मा १० जना, वडा नम्बर ५ मा ४ जना, वडा नम्बर ६ मा २ जना, वडा नम्बर ७ मा ४ जना, वडा नम्बर ८ मा ७ जना र वडा नम्बर ९ मा ३ जना अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेको छ । उनीहरुलाई पालिकाले आवश्यकताका आधारमा ह्युल चेयर तथा अन्य सामग्री वितरण गरिएको हो ।

सामग्री वितरणमा पालिका अध्यक्ष पौडेलले आगमी वर्षमा नाक, कान, घाटीका बिरामीका लागि पनि शिविर संचालन गर्ने र उनीहरुको अवश्यकताका आधारमा सहायक सामग्री वितरण गरिने बताए । उपाध्यक्ष थारुले आगामी वर्षमा अपांगता भएका व्यक्तिहरुका लागि राप्ती सोनारीले थप बजेट विनियोजना गर्ने बताइन् ।

Facebook Comments Box

Share Icon