Share Icon

बारा । जनप्रतिनिधि निर्वाचित भएको दाेस्राे कार्यकालमा बारागढी गाउँपालिकाले पूर्वाधार विकासमा उल्लेख्य प्रगति हासिल गरेको छ ।

गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले प्रगति विवरणअनुसार पूर्वाधार निर्माणका क्षेत्रमा धेरै उपलब्धिमुलक कामहरू भएकाे बताउनु भयाे ।

सडक सञ्जाल निर्माण, विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचनाको निर्माण, विद्यालय, स्वास्थ्य संस्थालगायत संरचना निर्माण, कृषि तथा सिँचाइको विकास, सुशासन प्रवद्र्धनलगायत कार्यमा गाउँपालिकाले उल्लेख्य उपलब्धि हासिल गरेको उहाँकाे दाबी छ ।

स्थानीय सरकार सञ्चालनमा राजनीतिक दलका प्रतिनिधिबीचमा सहकार्य, सहमति र एकता भएमा स्थानीय विकासमा फड्को मार्न सकिँदोरहेछ भन्ने उदाहरण बारागढी गाउँपालिकाले प्रस्तुत गरिरहेको छ ।

‘स्थानीय सरकार’ गठनपश्चात पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनलगायतका संरचनागत विकासका क्षेत्रमा गाउँपालिकाले उल्लेख्य सफलता हासिल गरेको छ ।

विशेषगरी गाउँपालिका अध्यक्ष जयसवालले गाउँका ६ वटै वडाको समान विकासका लागि निर्वाह गरेको समन्वकारी भूमिका र नेतृत्वलाई गाउँवासीले उच्च प्रशंसा गरेका छन् ।

पूर्वाधार विकासका लागि योजना छनोट, बजेट विनियोजन तथा कार्यान्वनमा उनले प्रदर्शन गरेको निष्पक्षता र अग्रसरताले गाउँवासीको मन जित्न सफल भएका छन् ।

गाउँपालिका अध्यक्ष जयसवालले, ‘गाउँवासीका आवश्यकताका आधारमा नीति तथा योजना बनाई यसलाई कार्यपालिकाबाट सहमतिमै अनुमोदन गराइ कार्यान्वयन गरिरहेका छौँ ।’ शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, खेलकुद, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा गाउँपालिकाले महत्वपूर्ण योजना सम्पन्न गरेको र केही योजना सम्पन्न हुने चरणमा पुगेको जनाइएको छ ।

उहाँले गाउँपालिका रहेका स्थानीयवासीकाे मुख्या पेसा कृर्षि भएकाले कृषिलाई विशेष प्रथामिकता दिइएकाे बताउनु भयाे । बारा जिल्लामा बारागढी गाउँपालिका विकास निर्माणकाे काममा एक नम्बरमा रहेकाे उहाँले दाबी गर्नुभयाे । उहाँले भन्नुभयाे,’चुनवामा गरिएकाे प्रतिबद्दताअनुसार नै कामहरू अगाडि बढाइएकाे छ।’

उहाँले भ्रष्टाचार हुन नदिन हरेक याेजनानमा अनुगमनलाई तीव्रता दिइएकाे बताउनु भयाे । उहाँले गरिब, निमुखा तथा निम्न वर्गलाई विशेष ध्यान दिएर याेजना बनाइएकाे बताउनु भयाे ।

साेही क्रममा भ्रखरै पालिकामा आउनु भएका प्रमुख प्रशासकिय अधिकृत सुनिल प्रसाद केशरीले गाउँपालिका अध्यक्षले सबै वडा अध्यक्षलाई समान व्यवहार गरिरहेकाे जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे, गाउँपालिका अध्यक्ष ज्युले याेजना बाँडफाँडमा कुनै पनि वडामा विभेद गर्नु भएकाे छैन, उहाँले सबै वडावासीकाे मागअनुसार नै याेजना तथा कार्यक्रमहरू ल्याउनु भएकाे छ।’

Facebook Comments Box

Share Icon