जवाहिर महतोकाे नेतृत्वमा जनमत पार्टीकाे वडा स्तरीय समिति गठन

Share Icon

काठमाडाैं । डा. सीके राउत राष्ट्रिय अध्यक्ष रहेको जनमत पार्टीले बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नं. ०२ खजुरीयामा जवाहिर महतो अध्यक्ष रहने गरी १७ सदस्यीय वडा समिति गठन गरेका छन ।

भने उमा देवी पासवान संयोजक र ऐतवरिया देवी पासवान सह संयोजक रहने गरि ९ सदस्यीय महिला जनमत संघ वडा समिति पनि गठन गरिएका छन ।

जनमत पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला पर्यवेक्षक विजय गुप्ता ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मधेस प्रदेश समिति सदस्य एवं जिल्ला पर्यवेक्षक गजानन्द यादव ज्यूको प्रमुख उपस्थिति, महिला जनमत संघ बाराका सह-संयोजक श्रीमती शान्ता कुमारी कुशवाहाको विशेष उपस्थिति रहेको थियो । भने कार्यक्रमको अध्यक्षता रामप्रसाद महतो ज्यूले गर्नुभएको थियोे ।

जनमत पार्टी बाराले “Mission 2084” संगठन सुदृढीकरण तथा वडा समिति पुनर्गठन कार्यक्रम अन्तर्गत आफ्नो संगठनिक क्रियाकलाप तीव्र गतिमा अगाडि बढाएका छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.