सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार
काठमाडाैं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको छ । मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो । नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहलाई निर्देशन दिएको थियो । मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारवापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ अनुसार सुनकोसीले ३८ बिरामीलाई छ महिनाको रु ३० हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । गाउँपालिकाले उक्त कार्यविधिअनुसार…
